रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

नेपाल–चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २७, सोमबार १२:०१

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल–चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो।

चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ।

काठमाडौं- चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध
बुटवल-सियान सहरबीच भगिनी सम्बन्ध
त्रिवि कन्फ्युसियस इन्स्टिच्यट खोल्न चीनको कन्फ्युसियस विश्वविद्यालयसँग समझदारी
टनेल निर्माण समझदारी।
सीमा सुरक्षा सामग्रीसम्बन्धी समझदारी।
आपराधिक गतिविधि नियन्त्रणमा समझदारी।
आयुर्वेदिक उपचार पद्धति विस्तारमा समझदारी
काठमाडौंमा खानेपानी व्यवस्थापनसम्बन्धी समझदारीलगायत।
हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु