दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भारतको कोलकत्तामा हुनगइरहेको प्रोफेशनल के वान किकबक्सिङ्ग च्याम्पियनशिप प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई बिदाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २८ गते, मंगलवार १७:१२

काठमाडौं, २८ असोज । भारतको कोलकत्तामा हुनगइरहेको प्रोफेशनल के वान किकबक्सिङ्ग च्याम्पियनशिप प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई बिदाई गरिएको छ ।
यही अक्टोबर १८, १९ र २० तारिख भारतको कोलकत्तामा हुनगइरहेको प्रतियोगितामा सहभागीता जनाउने खेलाडीहरुलाई मंगलबार एक कार्यक्रमका बिच बुशिडो कोन्सेइकाई एमएए म्युये थाईले गौरिशंकर पाटी प्यालेसमा प्रदेश सभाका सदस्य राधा घलेको प्रमुख आतिथ्यतामा बिदाई गरिएको हो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनको लागि नेपालको तर्फबाट मन्दीप राना मगर, विश्वास राई, सविन लामा, रावल ठकुरी, बरुण घले, सन्तोस साउथ, विशाल तामाङ्ग र रोजेश खड्का रहेका छन् । सो प्रतियोगितामा टिम प्रशिक्षकमा बिशाल तामाङ्ग र टिम म्यानेजरको भूभिका अस्मिता रायमाझीले गर्नेछन् ।
खेलाडीको लागि आवश्यक प्रक्षिण, आउने जाने तथा व्यवस्थापन खर्च समेत क्लबले नै व्यहोरेको बुशिडो कोन्सेइकाई एमएए म्युये थाइका अध्यक्ष उमेश गुरुङ्गले कार्यक्रममा जानकारी दिए । उनले खेलाडी व्यवसायीकरण गर्न अझै पनि राज्य चुकिरहेको गुनासो व्यक्त गरे ।
प्रमुख अतिथि तथा प्रदेश सभासद राधा घलेले खेलाडीको आत्मबल बलियो बनाउन र खेलाडीका हक–अधिकारको लागि राज्यले धेरै काम गर्न बाँकी रहेको बताइन । केन्द्रदेखि स्थानीय स्तरमा रंगशाला बनाउनु पर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा प्रदेश सभासद् दिपेन्द्र श्रेष्ठ, प्रशिक्षक रामजी बज्राचार्य, सशस्त्र प्रहरीबलका प्रहरी उपरिक्षक केपी बराल लगायत विभिन्न सभासद् तथा प्रशिक्षकहरुले खेलाडीहरुको सक्छु भन्ने आत्मबल बलियो बनाइ खेल मैदानमा गए सफलता हात पर्ने बताए ।
कोलकत्तामा हुने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा १० राष्ट्रका खेलाडीहरु सहभागिता रहने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु