ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

भोटिंङ मेशिन ब्रिग्रिएको भन्दै स्थगित भएको एनआरएनए मतदान आज हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ३० गते, बिहीबार ०५:२२

काठमाडौं, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रमअनुरुप मतदान हुँदानहुँदै स्थगित भएको छ । निर्वाचन कार्यतालिकाअनुसार बुधबार निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरी ८ बजेपछि बल्ल सुरु गरिएको मतदान भोटिंङ मेशिन ब्रिग्रिएको भन्दै स्थगित गर्ने घोषण गरियो ।

इलोक्टोनिक मतदान सुरु हुँदानहुँदै प्राविधीक समस्या आएको भन्दै आज विहान १० बजेसम्मका लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए । मतदान स्थगित हुनुअगावै निर्वाचन कार्यतालिकाअनुसार मतदान समयमा सुरु नभएको र भित्रभित्रै चलखेल भइरहेको भन्दै मतदानका लागि लामो लाइनमा बसिरहेका प्रतिनिधिहरुले नाराबाजी र तोडफोडमा उत्रिएका थिए ।

आक्रोशित भीडले मतदान स्थाल बाहिरको केही टेबल कुर्सी फुटाए भने सुचना बोर्ड फालेका थिए ।

निर्वाचनमा ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनएका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए । मंगलबार साँझदेखि आज अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा डा हेमराज शर्मा र जानकी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

विद्युतीय मेसिनबाट हुने निर्वाचनमा मतदान भएको एक घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने प्रमुख निर्वाचन अधिकृत रिजालले बताए । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् ।

मतदानको लाइनमा बसिरहेका प्रतिनिधिहरुमध्येबाट केही समुहले आफुहरुलाई गोटी बनाईएको र चलखेल गरेर नियतबस मतदान स्थगित गरिएको भन्दै मतदान बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु