काठमाडौँ, २८ असोज ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली टोलीको कप्तानबाट राजीनामा दिएका छन् । पारसले सामाजिक सञ्जालमार्फत मंगलबार कप्तानबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
पारसले भनेका छन् – नेपाली क्रिकेटमाथि लागेको निलम्बर फुकुवा भएको थाहा पाउँदा निकै खुशी र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्रा लागि गरोस भन्ने कामना गर्दछु । मैले अहिलेदेखि नै लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिने निर्णय गरेको छु । नयाँ शुरुवात नयाँ तरिकाबाट होस् र टोलीलाई अघि बढाउने गरी सबैको सहभागिता रहोस भन्ने चाहान्छु । यो अविश्वनीय यात्राको क्रममा मलाई सहयोग गर्ने सबै खेलाडी, कोच, अम्पायर, ग्राउन्ड म्यान तथा मेरा परिवार सबैलाई धन्यवाद दिन चाहन्छु । जय नेपाल ।’
२००४ देखि नेपाली राष्ट्रिय टिममा खेलिरहेका पारस २००८ देखि नेपाली राष्ट्रिय टिमको कप्तानी सम्हालिरहेका थिए।