काठमाडौँ, २९ असोज । पछिल्लो समय नेतृत्वका लागि निकै रस्साकसी चलेको एनआरएएन मध्यपूर्वमा अन्ततः सहमतिसँगै उदाहरणीय रुपमा निर्विरोध नेतृत्व चयन भएको छ । बुधबार नवौँ विश्व सम्मेलन अन्तगर्त नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी मनोनयन अगाडि भएको सहमति अनुसार मध्यपूर्व संयोजकमा प्रवीन गुरुङ, सहसंयोजकमा मनोज गोर्खाली र राजेन्द्रकुमार अर्याल (जोन) निर्विरोध निर्वाचित भएका हुन् ।
अहिले सम्मेलनस्थलमा मध्यपूर्वको नारा जुलुस चलिरहेको छ । मध्यपूर्वले उदाहरण पेश गरेको भन्दै अन्य क्षेत्रका प्रतिनिधीहरुसमेतले मध्यपूर्वको प्रशंशा गरेका छन् । एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा युवा व्यवसायी प्रविन गुरुङले एनआरएनएन विशुद्ध सामाजिक संस्था भएको तथा सेवाको भावले एनआरएएनमा लागेका कारण सहमतिमै नेतृत्व छानेर आफुहरुले उदाहरण पेश गरेको बताए । सहसंयोजकमा मनोज गोर्खाली र राजेन्द्रकुमार अर्याल (जोन) निर्विरोध निर्वाचित भएसँगै जनसवाल डटकमलाई प्रतिक्रिया दिदैं मध्यपूर्वबाट सबैले सिकेर अघि बढे एनआरएनएको मूल लक्ष्य र मर्ममा सघाउ पुग्ने बताए ।
को हुन संयोजक प्रवीन गुरुङ ?
हाल संघको मध्यपूर्व क्षेत्रीय उपसंयोजकको जिम्मेवारीमा रहेका गुरुङ विगत लामो समयदेखि कतारलाई आफ्नो कर्मथलो बनाएर मध्यपूर्वमा एक सफल नेपाली युवा व्यवसायीका रुपमा स्थापित व्यक्तित्व हुन् । उनी एनआरएनए कतारको २०१३–१५ कार्यकालमा उपाध्यक्ष हुँदै आठौं विश्व सम्मेलनबाट मध्यपूर्व उपसंयोजक पदमा निर्विरोध निर्वाचित भएका थिए । उनी एक सफल व्यवसायीसँगै समाजसेवी पनि हुन् । केही दिन अघिमात्रै दोहामा गुरुङ उत्कृष्ट नेपाली व्यवसायीको रुपमा स्टार अवार्डले सम्मानित भएका थिए । गुरुङले कतारमा निर्माण कम्पनीदेखि क्रुजसम्ममा लगानी गरी हालै मात्र पाँच तारे होटलमा पहिलो पटक नेपाली दोहोरी रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उनी व्यवसाय र समाजसेवासँगै एनआरएन अभियानमा सक्रिय रहेका छन् । गुरुङले कतारमा नेपाल आइडल, भ्वाइस अफ नेपाल, बुगीबुगी जस्ता चर्चित अन्तर्रा्ष्ट्रिय रियालिटी शोको कार्यक्रमको ग्रान्ड फिनालेसमेत सफलतापुर्वक सम्पन्न गरिसकेका छन् ।
मध्यपूर्वी देशहरुमा समस्यामा परेका नेपालीलाई आर्थिक तथा नैतिक सहयोग गर्नै गुरुङले एनआरएनएले सञ्चालन गर्ने विभिन्न सामाजिक गतिविधिमासमेत सहयोग गर्दै आएका छन् । गुरुङले आफूले पदको मोहले मध्यपूर्व संयोजक पद रोजेको नभई संस्थाको हितको लागि उम्मेदवारी दिने बताएका छन् । उनले भने, ‘मैले केवल पदको लागि मात्र मध्यपूर्व संयोजक रोजेको होइन, मध्यपूर्वी देशमा काम गर्ने नेपालीको हित र संस्थालाई मजबुत बनाउन मेरो चाहना हो ।’
गुरुङले सकारात्मक सोच र हरेक कामलाई लगनका साथ हेर्नुपर्ने मान्यता राख्दै एनआरएनए मध्यपूर्वले धेरै मुद्दाहरूमा काम गर्न बाँकी रहेको वर्तमान अवस्थामा संस्थालाई थप गतिशील बनाउदैं प्रभावकारी कार्य दक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चयन हुनु पर्नेमा जोड दिदै आएका थिए । उनले संस्थाभित्र रहेर काम गर्दाको अनुभव र भोगाइबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष्य र केही कामको सूची रहेको बताएका छन् । मध्यपूर्वी देशहरूमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा जोड्ने कामलाई परिणाममुखी बनाउने उनका प्राथमिक एजेन्डाका रूपमा रहेका छन् । एनआरएनलाई नारामा जस्तै सबैको साझा संस्थाको रुपमा विकास गर्ने, सदस्यहरूका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, संस्थाभित्रका विकृतिहरू हटाउन पहल गर्ने, समाजको बृहत्तर हित र नेपाली समुदायमा जो कोहीलाई पर्न सक्ने दुःख र विपदको समाधानको लागि आवश्यक पहल गर्नै जस्ता मुख्य एजेण्डाहरू उनका छन् । नेतृत्व आफ्नो पोल्टामा परेसँगैे मध्यपूर्वमा काम गर्ने नेपालीहरुलाई धैरै नयाँ कुरा दिन आफ्नो प्रभावकारी भूमिका रहने उनले बताए । ‘मध्यपूर्वी मुलुकहरुका विभिन्न निकायसँग समन्वय गरेर आप्रवासी नेपालीहरुका समस्या समाधानमा मेरो नेतृत्वले एक किसिमको महत्वपुर्ण भूमिका खेल्नेछ’ उनले भने ।
को हुन् गोर्खाली ?
मध्यपूर्व सहसंयोजकमा निर्विरोध निर्वाचित मनोज गोर्खाली एनआरएनए आइसीसी सदस्यसमेत रहेका गोर्खाली मध्यपूर्वबाट सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन् । लामो समयदेखि युएईलाई कर्मथलो बनाउँदै आईरहेका गोर्खालीले एनआरएन अभियानमा एक सशक्त अभियान्ताको छवी बनाएका छन् । एनआरएनएको देश विदेशमा हुने प्रायः कार्यक्रममा र अभियानहरूमा उनी छुट्दैनन् ।‘ साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेँ । अहिले आईसीसी सदस्यको जिम्मेवारी निर्वाह गरिरहेको छु । अब सामाजिक अभियानबाट पछाडि हट्न सकिदैन । एनआरएनएका अग्रज अभियन्ताहरू र साथीहरूसँगको परामर्शमा मध्यपूर्व क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने निर्णयमा पुगेको भएपनि सहमति अनुसार सहसंयोजकमा रहन तयार भएको हुँ ।’ उनले बताए ।
मध्यपूर्वमा कार्यरत नेपालीहरूको समस्यालाई मध्यनजर गर्दै उनीहरूको काम गर्ने आफ्नो तयारी रहेको उनले बताए ।‘वैदेशिक रोजगारीका लागि मध्यपूर्वी देशहरूमा कार्यरत नेपाली कामदारले भोग्दै आएको विविध समस्या समाधान गर्न गैरआवासीय नेपाली संघले अहिलेसम्म खेल्दै आएका समन्वयात्मक भूमिकालाई थप व्यवस्थित बनाउन मैले अहिले कामदारको अधिकारलाई मुख्य एजेन्डा बनाएको छु, ’गोर्खालीले भने । ‘वैदेशिक रोजगारीका लागि मध्यपूर्वी देशहरूमा कार्यरत नेपाली कामदारले भोग्दै आएको विविध समस्या समाधान गर्न गैरआवासीय नेपाली संघले अहिलेसम्म खेल्दै आएका समन्वयात्मक भूमिकालाई थप व्यवस्थित बनाउन मैले अहिले कामदारको अधिकारलाई मुख्य एजेन्डा बनाएको छु । । मध्यपूर्वमा कामदारका धेरै समस्यामात्रै भनियो तर दीर्घकालीन समाधान गरिएन त्यसैले अब दीर्घकालीन रूपमा नै समस्या न्यूनीकरण गर्ने लक्ष्य छ ।
मध्यपूर्वका श्रमिकको हकहित र अधिकारका लागि विशेष योजना बनाएर नै काम गर्ने उनले बताए । विदेशमा आर्जन गरेको सीप र पुँजीलाई स्वदेशमा लगाउन र मध्यपूर्वको लगानी स्वदेशमा भित्राउन विशेष पहल गर्ने उनको योजना छ । यसको अलवा संघका तत्कालीन मध्यपूर्व संयोजक तथा हालका सचिव डिबी क्षेत्रीको पहलमा थालनी भएको ‘हजारे अभियान’ लाई मुर्तरुपको लागि निरन्तरता दिने र सिन्धुलीमा निर्माणधीन ‘सिन्धुली गढी’ प्रोजेक्ट सम्पन्न गर्न सक्रिय भूमिका खेल्ने योजना पनि गोर्खालीको प्राथमिकतामा छन् । मध्यपूर्वी देशहरूमा इजिप्ट, इराक, जोर्डन, कुवेत, लेबनान, ओमन, बहराइन कतार, साउदी अरेबिया र युएई पर्दछन् । यहाँ करिव ९० प्रतिशत नेपाली श्रमीकहरु कार्यरत छन् । विश्वभर रहेका एनआरएनएहरु सबै एउटै दर्जाको भनिएता पनि खाडीमा बस्ने नेपालीहरु यसलाई मान्न तयार छैनन् । तर, गोर्खाली भने एनआरएनए जस्तो पवित्र सामाजिक संस्थाको बारेमा नराम्रो कुरा गर्ने केही व्यक्तिका आधारमा समाजमा यस्ता कुरा सुनिने भएतापनि त्यसमा कुनै सत्यता नभएको बताउँछन् । उनले खाडीमा बस्ने नेपालहरुको एनआरएनए प्रतिको यो वितृष्णालाई मेटाउन प्रभावकारी योजना ल्याउने बताउँदै कामदारमैत्री एनआरएन बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
उनले खाडीमा बस्ने नेपालहरुको एनआरएनए प्रतिको यो वितृष्णालाई मेटाउन प्रावभाकारी योजना ल्याउने बताउँदै कामदारमैत्री एनआरएन बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले गैर आवासीय नेपाली संघ विशुद्ध गैरराजनीतिक संस्था भएकाले विदेशमा रहेका सबैलाई परोपकारी संस्था एनआरएनएमा जोडिन अनुरोध पनि गरे । गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल, बुगीबुगी जस्ता चर्चित अन्तराष्ट्रिय रियालिटी शोका विभिन्न कार्यक्रमहरू कतारमा आयोजना गर्दा गोर्खालीको साथ रहेको थियो ।
को हुन् अर्याल ?
मध्यपूर्व सहसंयोजकमा निर्विरोध निर्वाचित राजेन्द्रकुमार अर्याल (जोन)संघको वर्तमान कार्यसमितिमा साउदी अरबको प्रतिनिधित्व गर्दै आईसीसी सदस्य तथा वैदेशिक रोजगार आप्रवासी कामदार कल्याण समितिको मध्यपूर्व सहसंयोजकको जिम्मेवारी सम्हाल्दै आएका छन ्। पाल्पामा घर भएका अर्यालले आफू ‘सेवा नै धर्म हो’ भन्ने भावनाबाट प्रेरित भएर साउदीमा एनआरएनए स्थापना हुनु अगावै पनि विदेशमा बस्ने नेपालीका समस्यामा हातेमालो गर्दै आएको बताउँछन् ।
व्यक्तिगत तवरले भन्दा समुहगत सहभागिताको अलगै महत्व र प्रभाव पर्ने भएकाले एनआरएनएमा सन् २०१३ देखि आबद्ध भएर हालसम्म निरन्तर लागिरहेको उनको भनाई छ । उनले संस्थामा काम गर्दा सधैं ‘कम गर्नु, फलको आशा नगर्नु’ भन्ने मान्यतालाई आत्मसात गरेको बताए । साउदी अरबमा विगत २० वर्षदेखि व्यवसाय गर्दै आएका अर्याल मध्यपूर्वमा गैरआवासीय नेपाली तथा नेपाली कामदारहरुमाझ परिचित व्यक्ति हुन । गैरआवासीय नेपाली संघका क्रियाकलापदेखि आप्रवासीका समस्या र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएका उनले एनआरएन अभियानमा एक सशक्त अभियन्ताको छवी बनाएका छन् । उनले विदेशमा बस्ने नेपालीहरूमा सबैभन्दा ठूलो समस्या भनेको मध्यपूर्वमा काम गर्ने श्रमिकको भएकोले मध्यपूर्वी देशहरूमा नेपालीहरूले भोग्दै आएका समस्या समाधानमा आफूले महत्वपूर्ण भूमिका खेल्नेसमेत प्रतिबद्धता गरेका छन् ।
अर्यालले सिङ्गो एनआरएनएको ध्यान नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने क्षेत्र मध्यपूर्वमा केन्द्रित गर्न तथा त्यस क्षेत्रका नेपालीका सम्पूर्ण समस्या र कामदारहरूको नियमित र उचित पारिश्रमिक, उनीहरूको सामाजिक सुरक्षाका विषयलाई संस्थागतरूपमा उठाउन आफूले काम गर्ने बताएका छन् । मध्यपूर्वी देशहरूमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा जोड्ने कामलाई परिणाममुखी बनाउने उनले प्राथमिक एजेन्डाका रूपमा अगाडि ल्याएका उनले ‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउने, वैदेशिक रोजगारको प्रमुख गन्तव्य मानिने मध्यपूर्वी देशहरुलाई सुरक्षित, मर्यादित तथा सम्मानित बनाउन स्थानीय सरकारसँग नेपाली दूतावासको साथ लिई सहकार्य गर्ने, वैदेशिक रोजगारको प्रमुख ठगी स्थानीय स्तरबाट विस्थापित गर्न तथा बिचौलियाहरूको अन्त्य गर्नका लागि नेपाल सरकार, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार महासंघ तथा सम्बन्धित सबै निकायसँग छलफल तथा सहकार्य गर्ने जस्ता योजनालाई पनि प्राथामिकतामा राखेका छन् ।
janasawal.com