गैर आवासीय नेपाली संघ अमेरीका, अस्ट्रेलीया र अफ्रिका सम्म को के छ ? मतगणना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार ०९:००

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अमेरीका, अस्ट्रेलीया र अफ्रिकाको मतगणना सक्किएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार तिनै क्षेत्रको मतगणना सक्किदा अध्यक्षका प्रत्यासी कुल आचार्यले अग्रता लिएका छन् । आचार्यले अध्यक्षका प्रत्यासी कुमार पन्तलाई १८ मतले पछि पारेका छन् ।
निर्वाचन आयोगले अमेरिका, अफ्रिका र अष्ट्रेलियाको बुथको मतगणना सक्दा आएको परिणाम अनुसार अध्यक्षयका उम्मेद्वार कुल आचार्य एक सय ११ छ भने कुमार पन्तको ९३ मत रहेको छ ।
त्यस्तैगरी उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ ३२, डा. बद्रि केसी ९२, धर्मराज अधिकारी ११९, हिक्मत बहादुर थापा १७, डा. केशब पौडेल ९८, किरण बिक्रम थापा २८, मन केसी १३७, नरेन्द्र बहादुर भाट ५३, सोनाम लामाको २४ मत रहेको छ ।
महिला उपाध्यक्षमा रबिना थापा ११७ तथा सपिला राज भण्डारीको ८७ मत परेको छ ।
त्यस्तैगरी महासचिवमा जानकी गुरुङ १०२ डा. हेमराज शमार्को ६१ मत रहेको छ भने सचिवमा अभिमानसिंह बस्नेत १२२, बिनय अधिकारी ७, दिपक ओली १४, गौरीराज जोशी ९०, आरके शर्मा ४२, शिव कुमार बस्यान ३९, कुश लिम्बु २० रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु