• गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार १०:५८

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित भएका छन् ।

    अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गर्दै पन्त विजयी भएका हुन् ।

    यद्धपी निर्वाचन कमिटीले औपचारिक रुपमा मतपरीणाम सार्वजनिक गरिसकेको छैन ।

    जर्मनीमा व्यवसाय गरेर बसेका पन्तले बेलायतमा व्यवसाय गरेर बसेका कुल आचार्यलाई हराउदै २ कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् ।

    अध्यक्षमा निर्वाचित पन्त यो भन्दा अगाडिको कार्यसमितिमा उपाध्यक्ष थिए । आचार्य पनि उपाध्यक्ष नै थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु