काठमाडौं ।गैरआवासिय नेपाली संघ को अध्यक्षमा कुमार पन्त विजयी भएका छन । पन्तले कुल आचार्यलाई पराजित गर्दै विजयी भएका हुन । उपाधायक्षमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा र मन केसी निर्वाचित भएका छन ।
महिला उपाध्यक्ष रविना थापा विजयी भएकी छिन । यसैगरी माहासचिवमा हेमराज शर्मा, सचिवमा गौरी जोशी, सचिवमा आरके शर्मा, कोसाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन ।
हेर्नुहो्स,कस्को कति मत ?