एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

नेपाल चेम्बर र पी. एच.डी चेम्बर बीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धमा नयाँ दिल्लीमा छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २ गते, शनिबार ०९:१६

नयाँ दिल्ली, भारत भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि मण्डलले नयाँ दिल्ली स्थित पि.एच..डी. चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भई नेपालको हितका पक्षमा लबि गरेको छ ।कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले द्धिपक्षिय व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने, सिमावर्ती क्षेत्रका चेम्बरहरु बीच सहकार्य गराउनुपर्ने, व्यापार मेला÷प्रर्दशनीमा सहभागिता जनाउनुपर्ने र चेम्बरले आउँदो २०७६ फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्पोमा भारतिय उद्योगी व्यवसायीको सहभागिता जनाउन अनुरोध गरेका छन् । साथै दुई मुलुक बीच प्रावधिक सीप एंव दक्षता आदान प्रदान हुनुपर्नेमा जोड दिदै यसबाट लगानी अभिवृद्धि भई “सुखि नेपाली समृद्ध नेपाल”को सपना साकार हुने विश्वास पनि उनले व्यक्त गरे । पर्यटन प्रबद्र्धनको सन्दर्भमा “नेपाल भ्रमण वर्ष २०२०”मा भारतबाट उल्लेख्य पर्यटक आउने अपेक्षा रहेको, कृषि, हर्बल, शिक्षा र स्वास्थ्यको क्षेत्रमा आपसी सहयोग वृद्धि गर्ने क्षेत्रहरु रहेको उनले बताए ।
नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको सो कार्यक्रमा नेपालका लागि पूर्व राजदूत तथा इन्डिया नेपाल सेन्टर, पी.एच.डी,का अध्यक्ष के.भी. राजनले नेपालसँग भारतको घनिष्ट सम्बन्ध रहेको र यसबाट लगानी र व्यापार एंव आर्थिक कृयाकलापमा वृद्धि गर्न यस्ता कार्यक्रमले ठोस सहयोग पु¥याउने बताए । साथै उनले इन्डिया नेपाल सेन्टरको स्थापनामा चेम्बर सह संयोजक भई कार्य गरिरहेको र यसमा आगामी दिनहरुमा थप तीब्रता आउने आशा एंव विश्वास व्यक्त गरे । उक्त अवसरमा पी.एच.डी. चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजका अध्यक्ष डा. डि.के. अग्रवालले भारतको नेपालसँग परापूर्वकाल देखि सास्कृतिक, आर्थिक एंव व्यापारिक सम्बन्ध रहेको र दुई चेम्बर बीच सहकार्य गरी यो सम्बन्ध अघि बढी मजबुत गर्न लगानी, पर्यटन व्यापारमा जोड दिन आफू र आफ्नो संस्था इन्डिया नेपाल सेन्टर मार्फत र द्धिपक्षिय रुपमा समेत तैयार रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले दुबै देश बीच आर्थिक एंव व्यापारिक सम्बन्ध लगानी अभिवृद्धि एंव पर्यटन प्रबद्र्धनमा आवश्यक सहयोग गर्न आफू सदा तत्पर रहेको बताए ।
सो अवसरमा नयाँदिल्ली स्थित नेपाली राजदुतावासका मिनिष्टर (इकोनोमिक) नीता पोखरेल अर्याल, नेपाली व्यवासायीक प्रतिनिधिमण्डलका सदस्यहरु उद्यमी, व्यवशायी, रिभर्सबायर सेलर मिटका सहभागि प्रतिनिधीहरुको समेत उपस्थिती थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु