पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ३ गते, आईतवार ०५:११

दाङ ।दाङमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डा बस्ने ४७ वर्षीय टिकाराम भण्डारी रहेका छन् ।

आफ्नै घरमा कुँवाबाट पानी तान्न मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका भण्डारीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । उनको शवलाई परीक्षणका लागि सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु