• सुविन्द्र कसीको “खोली तर्दा” बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार ०५:३७

    काठमाडौं । सुविन्द्र कसीको “खोली तर्दा” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई बिन्दबासिनि म्यूजिकको युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ । पुरुसोत्म ढुङगेलको शब्द रहेको उक्त गीतमा अजुर्न पोखरेलको संगीत रहेको छ भने महाराज थापाको एरेंज रहेको छ । मायालुको बयान गरिएको उक्त गीतमा मायालले जादु गरेको कुरा गरिएको छ ।

    अन्जली अधिकारी , काजिश श्रेष्ठ र राम कार्कीको अभिनय रहेको उक्त गीतको भिडियो अजय रेगमीले छायाँकन गरेका हुन् । धेरै गीतको भिडियोमा अभिनय गरिसकेकी र रुचाइएकी अन्जली अधिकारीलाई उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । काजिश श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियोलाई दिपक बिष्टले संपादन गरेका हुन् । गीतको भिडियोमा काजिश श्रेष्ठको नै कोरियोग्राफी रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु