• रहर होइन मेरो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १७:३७

    शरीर बेचेरे ~कमाउने रहर होइन मेरो
    पशुलाई जिश्म थमाउने रहर होइन मेरो

    आफ्नै आँसु कयौं पटक एक्लै पिएकी छु
    दुख लुकाएर ~ रमाउने रहर होइन मेरो

    हरियाली रनवन देउरालीमा डुल्न मन छ
    शहरमा डेरा ~ जमाउने रहर होइन मेरो

    आमाबाबु कोहि भए घरवार हुन्थ्यो होला
    फेरि फेरि हात समाउने रहर होइन मेरो

    मेरा दिनमा कालो वादल मडारिइ रहँदा
    कसैको जवानी घमाउने रहर होइन मेरो
    बलराम पौडेल
    पुतलीबजार -१४स्याङ्जा

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु