पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदैआज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥यो

ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ चौथो संस्करण नोभेम्बेर ३० देखि डिसेम्बर १ सम्म अमेरिकामा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १८:१९

काठमाडौं, कात्तिक ३ । अमेरिकामा चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुने भएको छ ।
विगत तिन वर्षदेखि आयोजना हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ भने चौथो संस्करण हो । यो अवार्ड अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने छ ।
आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि अवार्डको चौथो संस्करणको बारेमा जानकारी गराइएको हो । यही नोभेम्बेर ३० देखि डिसेम्बर १ सम्म अवार्ड हुनेछ ।
ग्लोबल नेपाली फिल्म अवार्ड, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकरको मुख्य आयोजनामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोेबास गर्ने फिल्मकर्मी र नेपालबाट केही कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । अवार्डलाई सम्भ र भव्य बनाइने पनि उनले बताए ।
नेपाली फिल्मकर्मीहरुलाई सम्मान, नेपाली फिल्मलाई डायस्पोरामा प्रबद्र्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रबद्र्धन, फिल्म टुरिजमको बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र फिल्म पर्यटन तथा ‘भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्राउने अवार्डको उद्देश्य रहेको अध्यक्ष मल्लले बताए ।
वरिष्ठ कलाकार निर शाहले विदेशमा गरिने फिल्म अवार्डले बदनाम गराएको भन्दै यस्ता कार्यक्रमहरुमा नाममा मानव तस्करी हुने गरेको आरोप लगाए । शाहले फिल्म वितरक र हलहरु शहरहरुमा मात्र सिमित रहेको नेपाली फिलीमलाई असाध्यै माया गर्ने ठुलो दर्शक गाउँ र दुरदराजमा रहेको हुँदा यस्ता कुरामा ध्यान दिनुपर्ने बताए ।
नेपालका कार्यक्रम संयोजक मदु कुमार श्रेष्ठले हाल अवार्डको तयारी तीव्र रुपमा चलिरहेको बताए । नेपाली फिल्मलाई विश्व बजारसम्म फैलाउने मुख्य उद्येश्यले अवार्डको आयोजना गर्न लागेको उनी बताउँछन् । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र कलाकार संयोजकमा श्याम भट्टराई रहेका छन् । अवार्ड कार्यक्रम बर्कलीको युसी थिएटरमा हुनेछ ।

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिने कार्यक्रममा जानकारी गराउको थियो ।
डिसेम्बर १ मा ‘भिजिट नेपाल २०२०’ लाई प्रचार गर्ने उदेश्यले कलाकारसहितको सहभागितामा बर्कली सिटीको मुख्य सडक नै बन्द गरेर ‘नेपाल डे परेड’ मनाइने फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । युसी थिएटरमा पहिलो पटक नेपाली कार्यक्रम हुन लागेको हो । रअमेरिकामा हुन गइरहेको गोल्डेन स्टेट मुभि मेकर्श एलएलसिको बिशेश भुमिका हुनेछ। साथै नेपाल डे परेड भिजिटमा नेपाल भ्रमण बर्ष सन २०२०मा हिमालयन फाउन्डेसन कर्पले बिशेश पहलको आयोजना गरिने छ।सोही अबसरमा हिमालयन फाउन्डेसन कर्पका सस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले थप जानकारी दिनु भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु