• नेपाली किकबक्सिङ्ग खेलाडीलाई भारतमा सफलता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ०८:४४

    भारतको कलकत्तामा अक्टोबर १८ देखी २० तारिख सम्म सन्चालन भएको K1 प्रो.र एमेच्योर किकबक्सिङ्ग च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले पदक जित्न सफल भएका छ्न।कलकत्ताको स्थानीय कभर्डहलमा आयोजित उक्त प्रतियोगितामा नेपाली खेलाडीहरुले उच्च प्रदर्शन गर्दै स्वर्ण पदक हात पारेला छ्न।
    एमेच्योर तर्फ नेपालका बिशाल लामा , बिश्वास राई , राहुल ठाकुरले स्वर्ण पदक जितेका छ्न।त्यस्तै पेशेवर तर्फ मन्दिप राणा मगर र सबिन लामाले स्वर्ण पदक प्राप्त गरेका छ्न।उक्त प्रतियोगितामा बरुण घलेले भने रजत पदक प्राप्त गरेको बुशिडो कोन्सेइकाई एमएए म्युथाई सघका अध्यक्ष एब प्रमुख प्रशिक्षक उमेश गुरुङले जानकारी गर्नुभयो।सो प्रतियोगितामा टिम प्रशिक्षकमा राजेश खड्का र टिम म्यानेजरको भूभिका अस्मि रायमाझीले गरेका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु