मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

नेपाल चेम्बर र भारतको व्यापार प्रवद्र्धन परिषद एवं एशोचेमबीच लगानी अभिवृद्धि बारे नयाँ दिल्ली छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ४ गते, सोमबार १७:५१

नयाँ दिल्ली । भारत भ्रमणमा रहेको नेपाल चेम्बर टोलीका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले टे्रड प्रमोशन काउन्सिल अफ इण्डिया (टिपिसिआइ) का पदाधिकारीहरुसंग भेट गरी द्धिपक्षीय व्यापारीक संम्बन्ध अभिवृद्धिका बारेमा छलफल गरेका छन् ।
सन् २०१८ मा टिपिसिआइ र नेपाल चेम्बर बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । छलफलमा दुवै पक्षले भविश्यमा सहयोग र सहकायका क्षेत्रहरुको वारेमा छलफल केद्रित रहयो । नेपाल भारत संम्बन्ध केवल माल बस्तुको आयातमा भर पर्नु पर्ने भन्दा भारतबाट तकनिकी नविन प्रविधी, मेशिनरी आयातमा जोड दिनु पर्ने, द्धिपक्षिय व्यवसायिक प्रतिनिधि मण्डलको भ्रमण समय समयमा हुनु पर्ने,(टिपिसिआइ) संग पर्यटन, कृषि,जडिबुटीको उत्पादन देखि निकासी प्रवद्र्धन गर्नमा सहकार्य गर्न तत्पर रहेको अध्यक्ष श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले भारतको कूल जनसंख्याको ०.०१ प्रतिशत मात्र पनि पर्यटकका रुपमा नेपाल भ्रमणमा आएमा नेपाल भ्रमण बर्ष २०२० को लक्ष्य हासिल गर्न सघाउ पुग्ने बताए । साथै उनले चेम्बरले २०२० फेब्रुअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पो २०२० मा टिपिसिआईको सहभागिताकोलागी अनुरोध गर्नु हुंदै उतm अवसरमा(टिपिसिआई)का अध्यक्ष मोहित सिङलाले नेपाल पहाडी मुलुकभएको र दुई मुलुक बीच आपसी हितका संम्भाब्य परियोजना लागु गर्न र वातावरण संरक्षणमा जोड दिन सकेमा व्यापार लगानीका अतिरितm पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने हुंदा आफ्नो संस्थाले व्यापार र लगानी बढाउन सहजकर्ताको भूमिका खेल्ने बताए ।

ट्र्ेड प्रमोशन काउन्सिल अफ इण्डिया(टिपिसिआई)का तर्फबाट परिषदका अध्यक्ष मोहित सि∙ला, सह महानिर्देशक कपिल गुप्ता, सह महानिर्देशक सुरेस कुमार मखिजानी र निर्देशक अशोक सेठीको उपस्थित रहेको थियो ।

नेपाल चेम्बर अफ कमर्शबाट सो भेटघाटमा उपस्थित हुनेहरुमा उर्मिलाश्रेष्ठ,अध्यक्ष नेपाल महिला चेम्बर, गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ, अर्घाखाची चेम्बरका सदस्य टंक प्रसाद पोखरेल, कर्पोरेट सदस्य पंकज जोशी र नेपाल चेम्बरका अधिकृत श्रृष्टि त्रिपाठीको उपस्थित थियो ।
नंयादिल्ली स्थित एशोसिएटेट चेम्बर अफकमर्श (एशोचेम)ले आयोजना गरेको छुट्टै अन्तरक्रिया कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ तथा उनका समकक्षी बीच दुई मुलुक बीचको व्यापार, लगानी र आर्थिक संम्बन्ध अभिवृद्धिमा खेलेको भूमिका सहर््ानीय रहेको र भविश्यको कार्य दिशा वारे पनि वृस्तृत छलफल भएको भ्रमण टोलीका सदस्य उर्मिला श्रेष्ठले जानकारी गराएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु