आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

नेपाल स्पोर्ट्स फोरम (एनएसएफ) ग्रुप द्वारा पूर्व एथलेटिक्स खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ५ गते, मंगलवार १७:२५

काठमाडौ ।नेपाल स्पोर्ट्स फोरम (एनएसएफ) ग्रुपले अमेरिकामा बस्दै आएका पूर्व एथलेटिक्स खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मान गरेको छ । आज बिहान भएको एक कार्यक्रममा अमेरिकास्थित हिमालयन फाउण्डेशनका संस्थापक अध्यक्ष तथा समाजसेवीसमेत रहेका श्रेष्ठलाई एनएसएफका अध्यक्ष एसपी त्रिपाठीले दोसल्ला ओडाई सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा पूर्व खेलाडी श्रेष्ठले एनएसएफद्वारा सम्मान पाएकोमा खुसी व्यक्त गरेका थिए । अन्तर्राष्ट्रियस्तरबाट खेलकुदमा पदक पाउदासमेत खेलकुद परिषद्का तत्कालिन पदाधिकारीहरुले भने कुनै वास्ता नगरेकोमा दुखेसो पोख्दै उनले भने, ‘यो सम्मान जस्तै आजभन्दा २० वर्ष अगाडि नेपालमा खेलकुदबाट सम्मान पाएको भए म कत्ति खुसी हुने थिए ।’ नेपालको खेलकुद विकासको निम्ति भौतिक निर्माण र खेलाडीको स्तरवृद्धिको लागि हिमालयन फाउण्डेशनमार्फत विभिन्न आर्थिक सहयोग गर्दै आएका श्रेष्ठले हालै पोखरामा ४० लाख बराबरको कभर्ड हल निर्माण गरेका छन् ।

कार्यक्रममा अमेरिकाबाट आएका लाइन्स क्लबका पूर्व अध्यक्ष समाजसेवी तिलक सुनुवारले अमेरिकामा समेत सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएका श्रेष्ठले सम्मान पाएको खुसी लागेको बताए ।

कार्यक्रममा ओएस नेपालका अमेरिकास्थित प्रतिनिधि तथा गोल्डेन मुभि मेकिङ्गका प्रबन्ध निर्देशक सन्दिप चौधरीले पूर्व खेलाडी श्रेष्ठको विभिन्न पाटोमध्ये एउटा महत्वपूर्ण पाटो खेललाई उठाएर सम्मान गरेकोमा एनएसएफ ग्रुपलाई धन्यवाद दिएका थिए । करिब १७ वर्ष अगाडि सय माइल दौड पूरा गरी दोस्रो स्थान हासिल गरेका श्रेष्ठको अमेरिकामा रहेका नेशनल दैनिक र त्यहाँका स्थानीय पत्रपत्रिकाहरुमा तस्विरसहित समाचारहरु प्रकाशित भएको स्मरण गर्दै चौधरीले त्यस्तो व्यक्तिलाई एनएसएफ ग्रुपले उहाँको योगदानको कदर गर्दै सम्मान गर्नु भएकोमा खुसी लागेको बताए ।

त्यसैगरी, अमेरिकाबाट आएका हिमालयन फाउण्डेशनका उपाध्यक्ष दावा शेर्पाले श्रेष्ठलाई सम्मान गरेकोमा एनएसएफ ग्रुपलाई धन्यवाद र श्रेष्ठलाई बधाई ज्ञापन गरेका थिए ।

यूनेस्को क्लबहरुको महासंघका अध्यक्ष आनन्दराज त्रिपाठीले राज्यले खेलकुद क्षेत्रमा जुन प्रकारले सहयोग गर्नुपर्ने थियो, त्यो नगरेको गुनासो गरे । साथै, उनले खेलकुद क्षेत्रमा श्रेष्ठले आर्थिक रुपमा ठूलो सहयोग गरेकोलाई प्रशंसा गरेका थिए ।
खेलक्षेत्रबाट विभिन्न खेलकर्मीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रमको संचालन एनएसएफ ग्रुपका सदस्य एवं पूर्व खेलाडी डिएन घिसिङले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु