ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

सरकारप्रति जनतामा निराशा फैलियो, : लेखक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ५, मंगलवार १८:२७

काठमाडौं, ५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अहिले जनता पुरै निराशामा रहेको टिप्पणी गरे । उनले भने,‘सत्ताको रमाईलो पाटो हुन्छ । सत्तामा बस्दा चौतर्फी राम्रो देखिने हुन्छ । सारा कुरा राम्रो देखिने भन्ने हुन्छ । यदि त्यो साँचो भैदिएको भए पुरै नेपाल सुनैसुनको र सारा नेपाली समद्ध हुन्थे ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यतिवेला जनता अत्यन्तै ज्यादा निराश रहेको बताए । उनले भने,‘दुई तिहाई मतका साथ जनताले नेकपालाई सरकारमा पुर्याए । निर्वाचन भएको २२ महिना भैसक्यो । सरकार बनेको २० महिना भैसक्यो । यो बीचको मुल्यांकन गर्ने हो भने सरकार ठीक ढंगले अघि बढेको छैन् ।’

मुलुकमा यतिवेला सुशासनको अवस्था पनि नभएको लेखकको टिप्पणी छ । उनले थपे,‘जनतालाई करको बोझमा राखिएको छ । मानिस आक्रान्त छन् । स्थिति के छ भने ? घरबाट तरकारी किन्न गएको मान्छे महँगी देखेर बजारबाट रित्तै झोला लिएर घर फर्केको छ । संविधान कार्यान्वयन गर्न सरकार उदासिन छ । आज संविधानअनुरुप अधिकारको वितरण भएको छैन् । यो मैले भनेको होईन, सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको भनाई हो ।’

मुख्यमन्त्रीहरुले सार्वजनिक रुपमै केन्द्र सरकारले कानून बनाउन नसकेको र केन्द्र सरकारले संविधान र संघीयताको भावनाअनुरुप अधिकार प्रत्यायोजन गर्न नसकेको आरोप लगाईरहेको पनि नेता लेखकले उल्लेख गरे । उनले भने,‘जनताबाट असुल गरेको कर, भ्रष्टाचारमा जान्छ । स्थानीय तहमा हेर्ने हो भने चिनेजानेको भरमा कथित उपभोक्ता समितिलाई पैसा दिने र विकासको काम नभएर दुरुपयोग हुने गरेको छ। सुदुरपश्चिममै एक ठाउँमा बाढी नियन्त्रणको लागि लाखको बजेट गयो, तर त्यो नामको खोला नै छैन् । सरकार गैरजिम्मेवार भएको छ । संघीय संसदमा प्रस्तुत गर्ने विद्येयकहरु विवादित भएका छन् । सरकारका निर्णयहरु विवादित बनेका छन् । सरकार दुई तिहाईको दम्भमा छ । अपराध बढेको छ । भ्रष्टाचार बढेको छ । सरकार असफल भएको छ ।

उनले सरकारप्रति सर्वत्र जनतामा निराशा फैलिएको बताउँदै यसको परीणाम घातक हुने खतरा औंल्याए । उनले भने,‘सरकार त असफल हुन्छ, भयो भयो । यो व्यवस्थाप्रति मानिसको विश्वास टुट्ने खतरा हुन्छ । संविधानप्रतिको विश्वास टुट्ने खतरा हुन्छ । यो सडकप्रति जनताको विश्वास छैन र निराशा बढेको कुरा सडकमा हिँड्दा थाहा हुन्छ । अहिले जुन ढंगको कुशासनको स्थिति देखिएको छ, विधिको शासनको विरुद्ध गतिविधि देखिएका छन् । सरकार अत्यधिक ज्यादा दम्भपूर्ण ढंगले अघि बढ्न खोजेको स्थिति छ । हाम्रो यो व्यवस्थाप्रति घातक नहोस भन्ने चिन्ता हो ।’

त्यस्तै, उनले संक्रमणकालिन न्याय पनि चाँडै टुँगो लगाउनुपर्ने बताए । उनले भने,‘विस्तृत शान्ति सम्झौता अनुसार अघि बढ्यौं । शान्ति प्रक्रिया, अन्तरिम संविधान र अहिलेको नयाँ संधिवान कांग्रेसको नेतृत्वमा भएको हो । मलाई गर्व लाग्छ । अब संक्रमणकालिन न्यायलाई चाँडो अघि बढाउनुपर्छ । कानून संशोधन गरेर निश्कर्षमा पुर्याउनुपर्छ ।’

नेता लेखकले सभामुख र उपसभामुखबारे वर्तमान सरकारले पहिले नै संविधानको बर्खिलाप काम गरेको आरोप लगाए । उनले भने,‘यसबारेमा संविधानमै विशिष्ट व्यवस्था गरेको छ । संसद भनेको राजनीतिक थलो हो । सन्तुलित रुपमा अघि बढाउनको लागि फरक–फरक राजनीतकि दलका मानिसहरु सभामुख र उपसभामुख हुनुपर्छ भनिएको छ । तर, त्यसो गरिएन । हामीले त संविधानअनुकुल जाऔं भनेकै हो । राजनीतिलाई राजनीतिक रुपमै अगाडि बढाउनुपर्छ । अहिले सभामुखको पद खाली भएको छ। उपसाभमुख हुनुहुन्छ । यदि संविधानको भावनालाई पक्रने हो भने । फरक दल र फरक लिङको सभामुख र उपसभामुख हुनुपर्छ ।
समचार तस्बिर रिपोर्टस क्लब बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु