• लोकप्रिय गायक तेजस रेग्मी र गायिका सन्ध्या बुढा (काउली बुढी)को “तिहार आयो”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार १९:३७

    काठमाडौ ।लोकप्रिय गायक तेजस रेग्मी र गायिका सन्ध्या बुढा (काउली बुढी)को “तिहार आयो” बोलको गीत सार्वजनिक गरिएको छ । गीतलाई एस३के इन्टरटेम्नेम्टको युटयुबबाट सार्वजनिक गरिएको छ । गायक तेजस रेग्मीको नै शब्द तथा संंगीत रहेको उक्त गीतमा बिनोद बाजुरालीको एरेंज रहेको छ । सबैको घर दैलोमा तिहार हाएको कुरा गरिएको उक्त गीतमा सबैलाई नाच्न आग्रह गरिएको छ ।

    रन्जीता गुरुङ र यादव देवकोटा सरापेको अभिनय रहेको उक्त गीतको भिडियो अजय रेग्मीले छायाँकन गरेका हुन् । तिहारको परिवेश प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । सरोज रोशन भट्टराईको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अमर शाक्यले नै सम्पादक गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु