• बर्ष दिनको चाडैमा” बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार ०७:५२

    काठमाडौं । अजय चौधरी , सानु तामाङ र जुनाको “बर्ष दिनको चाडैमा” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ । अमृत अधिकारीको शब्द तथा संगीत रहेको उक्त गीतमा गणेश चौधरीको एरेंज रहेको छ । बर्ष दिनैमा आउने चाड तिहारमा भैली खेल्न आएको कुरा गरिएको उक्त गीतमा देउसी खेल्दै सस्कृती जोगाएको कुरा गरिएको छ ।
    कुशल बज्रचार्य , रिता केसी , बिशाल लामा , रुपा स्याङताङ , बिजय स्याङताङ , सनिता बाल , रवि लामा , सानु लामा , सुनिल खड्का, अनिल खड्का लगायतका कलाकारहरुको अभिनय रहेको उक्त गीतको भिडियो अजय वाइवाले छायाँकन गरेका हुन् । तिहारको परिवेश प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । सन्दिप चौधरीको निर्देशनमा तयार भएको उक्त गीतको भिडियो अजय वाइवाले संपादन गरेका हुन् । गीतको भिडियोमा कुशल बज्रचार्यको कोरियाग्राफी रहेको छ ।

    https://youtu.be/PulWot7qZMg

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु