किहु अरुणोदय समाज काठमाडौंद्वारा सिग्देल र थापा सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ६, बुधबार १९:४७

काठमाडौं, ०६ कार्तिक – तनहुँ स्थित भिमाद नगरपालिकाको किहु र अरुणोदय क्षेत्र थातथलो भई काठमाडौंलाई कर्मथलो बनाउदै आएका तनहुँवासीको साझा मंच किहु अरुणोदय समाज काठमाडौंले क्रमश अस्ट्रेलिया र चेक रिपब्लिकलाई कर्माथलो बनाउदै आएका सुरेन्द्र सिग्देल र लोकबहादुर थापालाई सम्मान गरेको छ । किहु अरुणोदय क्षेत्र पैत्रिक थलो भएका सिग्देल र थापाले विदेशी भुमीमा रहेर आफ्नो थातथलोको बिकास र उन्नयनका निम्ती गर्दै आएको प्रयासको कदर गर्दै सम्मान अर्पण गरेको हो । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रम माझ उनीहरुलाई संस्थाका अध्यक्ष निर्मल कुमार ‘लाटो मगर’ र उपाध्यक्ष महेन्द्र सिग्देलले सम्मान गरेका थिए । सम्मानित भए लगत्तै कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुले मानिस जहाँसुकै गए पनि र जस्तो सुकै अवस्थामा भए पनि आफ्नो पुर्ख्यौली थलोलाई बिर्सन नसक्ने कुरा राख्नुका साथै सम्मान कार्यक्रमले आफ्नो गाउठाउको बिकासमा लाग्न थप उत्प्रेरणा मिलेको बताए ।

समाजका अध्यक्ष निर्मल कुमार ‘लाटो मगर’ ले सामाजिक मुल्य मान्यतामा राजनीतिकरण हुँदै गइरहेको प्रति रोस ब्यक्त गर्दै किहु अरुणोदय समाजले कुनै सिद्धान्तका आधार कोहिकसैलाई पनि भेदभाव र वर्जित नगरि सुख दु:खमा सबैलाई साथ सहयोग गर्ने गर्दै आएको र आफ्नो बाजे बराजु देखी प्रचलनमा रहेका मौलिक संस्क्रितीको जगेर्ना र विकासमुलक काममा लागि पर्दै आएको बत्ताए ।

त्यस्तै, समाजका उपाध्यक्ष महेन्द्र सिग्देलले किहु अरुणोदय क्षेत्रबाट बसाई सराई गरि जानेको संख्यामा बर्शेनी ब्रिद्धि हुँदै गएको प्रति चिन्ता ब्यक्त गर्दै गाउँ फिर्ती अभियानको खाचो औल्याए ।

राजु दर्लामीको संयोजनमा सम्पन्न सो कार्यक्रममा संस्थाका पदाधिकारी एवम तनहुँवासीको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु