चलचित्र“पण्डित बाजेको लौरी” सामाजिक सञ्जाल युट्युबमा रिलिज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ७ गते, बिहीबार ०८:३८

काठमाडौं । चलचित्र“पण्डित बाजेको लौरी” सामाजिक सञ्जाल युट्युबमा रिलिज भएको छ । फिल्ममा प्रविण खतिवडा, सन्ध्या केसी, मरिष्का पोखरेल, विजय बराज, प्रमोद अग्रहरी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, लोकेन्द्र लेखक लायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा महेश दवाडीको कथा, पटकथा र संवाद रहेको छ ।
फिल्ममा थपन कुमार भण्डारीको निर्माण रहेको छ । फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन् । विदुर पाण्डेको छायांकन रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन रहेको छ । श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहेको फिल्ममा दीपकमान सिंहको कोरियोग्राफी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु