डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

बासन्ती प्रेम पुस्तक लोकार्पण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ७, बिहीबार २१:००

काठमाडौ ।अस्ट्रेलियामा बसेर साहित्यमा साधनारत अच्युत आननले बासन्ति प्रेम नामक उपन्यास लिएर आएका छन् ।
राजाधानीको कुन्ज थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कुमार नगरकोटी , चर्चित नायक आर्यन सिग्देल , लेखनकुन्जका प्रमुख कमल ढकाल ,ब्यापारी एवम समाजसेवी राजा पराजुली लेखक ,समाजसेवी रामचन्द्र सिग्देल,अच्युत आनन ,लेखककी आमा ,गुरुआमा र खेलाडी एवम समाजसेवी डिएन घिसिङले संयुक्त विमोचन गर्नुभयो ।
कार्यक्रममा बिशेष अतिथि आर्यन सिग्देलले सिनेमा बन्न नसक्ने यो फिक्सनले बिशेष अर्थ राखेको बताउनु भयो । भन्नुभयो “यो आफैमा फिल्म जस्तै छ ।’पुस्तकबारे विवेचना गर्दै लेखनकुन्ज अध्यक्ष कमल ढकालले बासन्ति प्रेमले रोजा र राजेनको प्रेम यो धर्तिमा अमर राखेको मात्र नभई नेपाली साहित्यमा अद्धितिय छाप छाडेको बताउनु भयो । भन्नुभयो “भाषा शैली र विम्बको प्रयोगले प्रकृति र जीवनलाई अर्कै धारणामा छाडेको छ ।” लेखकको गुरुआमा जयन्ति पौडेलले शुभकामना ब्यक्त गर्दै आफुले बच्चामा पढाएको चेलाले आफैलाई बोलाएर पुस्तक लोकार्पण गराउदाको खुशी शब्दमा ब्यक्त गर्न नसकिने बताउनुभयो । लेखक अच्युत आननले आफुले कथाहरु लेखिरहने पहिलो पुस्तकको रुपमा बासन्ति प्रेम ल्याएको बताउदै भन्नुभयो “१२ बर्ष देखि मेरो मनभित्र र कपिमा रहेको रोजा र राजेन् आजदेखि पाठकको भएका छन्।”
प्रमुख अतिथि कुमार नगरकोटीले आफुले लेखकलाई प्रेम गरेकोले प्रेममा शब्द नहुने हुनाले आफु मन्चमा पनि नबस्ने र केही शब्द पनि नबोल्ने भन्दै दर्शक दीर्घामा बसेर पुस्तक लोकार्पणको लागि आतिथ्य ग्रहण गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु