डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

तिहार र मेकअप टिप्स (वरिष्ठ सौन्दर्यविद सुष्मा महरा)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ८, शुक्रबार १२:५४

तिहार नेपालीहरुको दशैं पछिको सबैभन्दा ठूलो चाड हो । यो पर्व काग तिहार देखि शुरु भएर भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यही दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरिन्छ । नेवारहरुको म्ह पुजा र नेवारहरुले मनाउदै आएको सबै भन्दा पुरानो सम्वत नेपाल सम्वत पनि यहि समयमा पर्छ । साथै, तराई मधेशमा मनाईने छठ पर्व समेत जोडिएकोले यस समयले विशेष महत्व बोक्दै आएको छ । तिहार चाडसंगै मौलिक पर्व समेत जोडिएकोले यस समयमा विशेष खालको रौनकता छाउने गर्दछ ।

तिहारमा कस्तो मेकअप गर्ने ?

तिहारसंगै चिसो मौसमको समेत आगमन हुने भएकाले स्कीनहरु ड्राई हुन शुरु भएको हुन्छ । त्यसै अनुरुप हामीले मेकअप गर्दा फुस्रो नदेखिने तरिकाले मेकअप गर्नुपर्दछ । चिसो मौसममा राति पनि हामिले छालको फुस्रो पन हटाउनको लागि स्कीन भिटामिन, मस्चराईजर र ब्यालेन्सीङ क्रिम प्रयोग गर्नु पर्दछ । यसरी राति प्रयोग गरेको क्रिमले दिनमा गरिने मेकअप फुस्रो नदेखिन धरै सहायता गर्दछ । यसरी गरिने मेकअप लामो समय सम्म टिकाउ पनि रहन्छ । चाडवाडको वेलामा हेयर स्टाईल बनाउदा कपाल अनुहार तथा घाटी तिर आएर नअल्झाउने किसिमले गर्नु उपर्युक्त रहन्छ । साथै, यस चाडको बेलामा पुजा पाठ समेत गरिने भएकोले यस्तो बेलामा मेकअपहरु गर्दा रातो चिज लाई ध्यानमा राखेर गर्दा उत्तम हुनेछ ।

(वरिष्ठ ब्युटीसियन सुष्मा महरा फेसियल हाउसकी प्रबन्ध निर्देशक हुन । )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु