फेरि बढयो बजारमा सुनको भाऊ, आज कतिमा किनबेच ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार १३:२९

काठमाडौं । आज सुनको भाउ बढेको छ ।आज सुन ६०० रुपैयाँले बढेको हो ।

हिजो बिहीबार प्रतितोला ७० हजार ४ सयमा किनबेच भएको छापावाला सुन आज शुक्रबार ७१ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तैगरी आज शुक्रबार तेजावी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको मुल्य ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु