दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पारस भए टि–टेन क्रिकेट लिगमा छनाेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ८ गते, शुक्रबार २१:२४

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा घोषणा गरेका पारस खड्काले अर्को महिना युएईमा हुने टि–टेन क्रिकेट लिग खेल्ने भएका छन् ।

पारस अबुधाबी टिमबाट खेल्ने पक्का भएको टोलीले आफ्नो ट्विटरमार्फत जानकारी दिएको छ ।

टि–टेन लिग यही नोभेम्बर १५ देखी २४ सम्म युएईमा चल्ने छ । यसमा विभिन्न ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

१० ओभरको यो प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो । भारतको टि टेन स्पोर्ट्स मेनेजमेन्टले आयोजना गर्ने प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

टि–टेन लिगका लागि गत साता नै खेलाडीहरुको ड्राफ्ट सम्पन्न भएको थियो । पारसलाई भने टोलीले ड्राफ्ट अघि नै अनुबन्ध गरिसकेको बुझिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्को खेलाडी सन्दीप लामिछाने कर्नाटक टस्कर्सबाट टि–टेन लिग खेल्नेछन् । सन्दीप ए क्याटगरीमा परेर छनोट भएका हुन् ।

साैजन्यः जनसवाल दैनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु