काठमाडौं । चलचित्र “रातो घर” सामाजिक सञ्जाल युट्युबमा रिलिज भएको छ । फिल्म “रातो घर” सुरज सुब्बाले निर्देशन गरेका हुन् । माङहिम फिल्मस् र तक्मे प्रोडक्सनको ब्यानरमा निकेश लिम्बु निर्मित फिल्मले पूर्वी नेपालको एक सामाजिक कथा पेश गर्छ।
फिल्ममा विल्सनविक्रम राई , संयम पुरी , गौरव पहारी, मेनुका प्रधान, अनुराग कुँवर, माला लिम्बु, विकेश श्रेष्ठ, भानुप्रताप, श्याम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ। महेश खड्काको शब्द तथा संगीत रहेको ’रातो घर’ मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।