आजैबाट म छु यसै जीवनामा आमा विनाको किन
आमा जानु भयो सवै हृदयको धारा बगाइ कन
मैले के गरि विर्सनुछ उनकै प्यारो सधै काख त्यो
के सेवा कसरी गरे मृदु कुना आजै अँध्यारो बन्यो
बावा जानु भएपछि म युगको आधार मान्थे मुमा
विर्सु विर्सि सकिन्न प्रेम रस त्यो पिएर हुर्के ममा
आँशु थाम्न सकिन्छ भन्छ नियती तेसै यसै उर्लियो
अर्पन्छु फुलमात्र श्रृष्टि युगको श्रद्धा हजुर्मा छ यो
बाबाधामको कोसेली ५ गते कार्तिक २०७६
शिव अधिकारि