• बैदिक गोप्य रहस्य तिहार के हो र किन मनाईन्छ ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार १२:०२


    लक्ष्मण प्रसाद भण्डारी

    दाजुभाइ र दिदीबहिनी बीचको आदरभाव र स्नेहाभावको अनुपम पर्व हो, तिहार ।
    कार्त्तिक कृष्ण त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीका सम्म जम्मा पाँच दिन को देउसी भैलो खेली मनाइने हिन्दु हरु को दोश्रो ठुलो चाड तिहार हो जस लाई फुल माला र उज्यालै उज्यालो को पर्व पनि भनिन्छ ! यमपन्चक भगवान यमराज संग सम्बन्धित पर्व भएकाले यमका दुतहरु जस्तै काग र कुकुर लाई पूजा गर्ने गरिन्छ ! यमराज अनि काग कति सान्दर्भिक छ ! पन्छी हरुमा अति चलाख पन्छी काग यमदुत को रुप मा मानिन्छ !कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा,फट्याङग्राहरू खाइदिन्छ जसबाट मानव जीवन सुरच्छित छ ! त्यसै ले काग पुजा गरिन्छ तिहार को पहिलो दिन मा ! दोश्रो दिन भाफादर प्राणी कुकुर पुजा ! कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन अनुसन्धान गर्ने कार्य मात्र होइन कुकुरले घरको रेखदेख तथा चोर डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पनि छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन छ ।सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा महाभारतमा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । शास्त्रका कुरा लाई छोडौ आधुनिक यूगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको हो । त्यसैगरि सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुर र उसको मालिकप्रतिको बफादारीताको दृष्टान्तस्वरुप बनाइएको चलचित्र “हाछिको” आजपनि विश्वभरि उत्तिकै लोकप्रिय छ र उक्त चलचित्र हेर्ने धेरैका आँखा रसाएका हुन्छन् ।
    हामी हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मानछौ गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ !
    यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर,घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको हुन्छ । सुख,सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख,सन्तोष प्रदान गर भन्ने र पुरानो लाई फ्याक्नु नया अगाल्नु यो पर्व को बिसेस महत्वो छ !
    धार्मिक, वैज्ञानिक एवं आयुर्वेदीय दृष्टिकोणले मानिसको आयु बढाउन गाईको दूध, दही, घियु, महीको ठूलो महत्त्व छ भने गोबर र गहुँतसमेत उच्चकोटीको प्राङ्गारिक मलको रूपमा प्रसिद्ध मानिन्छ ।त्यसैले गाईलाई लक्ष्मीजस्तो ठान र आमा बराबर सेवा गर्ने मान्यता बाट नै गाईपुजा गरिएको हुन सक्छ । लक्ष्मीपूजाको दिन लक्ष्मीका अतिरिक्त अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत तथा चन्द्रमाको पूजा हुन्छ । चन्द्रमा लक्ष्मीका सहोदर भाइ मानिने भएकाले लक्ष्मीलाई खुसी पार्न चन्द्रमालाई पनि खुसी पार्नुपर्ने कुराको प्रसिद्धि छ ।
    दाजु भाई दिदि बहिनि बीच को अद्भुत स्नेह माया को अनौठो संगम हो भाई टिका !जो संसार को कुनै धर्म मा पाईदैन !टिका लागे सके पछि दिदि बहिनि लाई चरण कमल मा ढोग गरिदा पाइने सम्मान ।
    तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान,म्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर,तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख,समृद्धि,अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ ।
    चाड वाड अनि हामी नेपाली अलि धेरै खानु पर्ने । दिपावली भने पछि त कुरै नगरौ अर्सा, अनरसा, फिने ,झार सेलरोटी अनि विभिन्न खालका मिठाई का परिकार हरु जसले अरु चाड भन्दा बेग्लै काटमार भन्दा पर सात्विक पर्व हो भन्दा पनि फरक पर्दैन जस्तो लाग्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु