तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउने पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक १२, मंगलवार ०७:१९

काठमाडौ। नेपालका विभिन्न स्थानमा तिहारको अवसरमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट सोमबार एकसय तीनजना पक्राउ परेका छन्।

भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। सोमवार बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट रु तीन लाख नगद बरामद भएको छ।

यसैगरी गुल्मीको गुल्मीदरबार गाउँपालिकाबाट १७ जनासहित रु दुई लाख ८२ हजार र बर्दियाको बाँसगढी र राजापुर क्षेत्रबाट ३१ जना समातिएका छन्। उनीहरूबाट रु दुई लाख ३६ हजार, तासका कैयौँ प्याकेट र कौडा बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
चितवनको खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका ३२ जनाबाट रु पाँच लाख ७५ हजार खिचिएको छ।

दाङको लमही नगरपालिका–५ आज बिहान पक्राउ गरिएका आठजनाबाट १६ गड्डी तास र ३२ थान कौडासहित नगद रु छ लाख ७८ हजार बरामद भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु