गलाक मुवाँथाई फाइट हुनेपहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदैआज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आज

२०७६ साल कात्तिक १२ गते मंगलबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलवार १०:०१

मेष

नयाँ काम वा रोजगार पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

मिथुन

सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

सिंह

्जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

तुला

पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

धनु
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

कुम्भ

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

बृष

गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पढाइमा प्रगति हुनेछ ।

कर्कट

अनावश्यक ठाउँमा धन खर्च होला । घर व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योग छ । समय प्रतिकुल भई कुलतमा मन जानेछ ।

कन्या

नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । बन्दव्यापारबाट राम्रै आय हुनेछ ।

बृश्चिक

प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ । सामान हराउन सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला ।

मकर

विद्या र बुद्धिको विकास हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् ।

मीन

मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । चोटपटकको भयछ, सचेत रहनुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु