चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

अस्ट्रेलियामा मासु ल्याउँदा भिसा रद्द !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक १५, शुक्रबार १०:५०

अस्ट्रेलियाको सिड्नी विमानस्थलमा एक महिला यात्रुले साथमा मासुलगायत अन्य खाद्यान्न सामग्री ल्याएपछि अध्यागमन विभागले महिला यात्रुको भिसा रद्द गर्दै आफ्नो देश फिर्ता पठाएको छ।

सिड्नीमा बस्दै आएकी एक ४५ वर्षीया भियतनामी महिलालाई १० किलो स्क्विड, बट्ट्याईं र करिब पाँंच किलो सुँगुरको मासु अनि केही अण्डा अध्यागमन विभागको जानकारी नदिइ अस्ट्रेलिया लिएर आएको भन्दै उनको भिसा रद्द गरिएको संघीय कृषि मन्त्री ब्रिजेट मकेञ्जीले बताएकी छिन्।

जैविक सुरक्षाको तालिम पाएको र सुकी नाम गरेको एक कुकुरले उक्त पकाएको सुंगुरको मासु ल्याउने ती महिलालाई पहिचान गरेको थियो। परिवारका लागि आफूले मिष्ठान्न पकवान लिएर आएको बताउने ती महिलाले भने आफूले जानिबुझी गल्ती नगरकेो बताएकी थिइन्।

‘यदि तपाईं अफ्रिकाका स्वाइन फ्लू फैलिएको राष्ट्रबाट अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने, तपाईंलाई सतर्कतापूर्वक निगरानी गरिन्छ’, उनले क्यानबेरामा सञ्चारकर्मीसमक्ष भनिन्।

सुंगुर प्रजातिका पशुमा लाग्ने सरूवा रोग अस्ट्रेलियामा हालसम्म नदेखिएको र भविष्यमा पनि यहाँ आउन नदिन आफूहरू दत्तचित्त भएर लागेका कारण बिना घोषणा मासु लगायतका खाद्य पदार्थ बोकेर आउने यात्रुलाई कडा कारबाही हुने मन्त्री मकेञ्जीले बताइन्।

‘तपाईं अस्ट्रेलिया आउँदै हुनुहुन्छ र छोरो छोरीको आग्रह र माया ममतामा परेर प्रतिबन्धित खाद्य पर्दाथ ल्याउनु भएको छ भने तपाईंको भिसा समेत रद्द हुनसक्ने’ सम्बन्धित निकायले स्पष्ट पारेको छ।

नेपालबाट समेत अभिभावक आउँदा गुन्द्रुक, सुकुटी, तामा र मस्यौरा जस्ता खाद्य पर्दाथ ल्याउन निकै कडाइ गरिएको छ। बिना घोषणा ल्याएमा जरिवाना समेत गरिएको कैयौं उदाहरणहरू रहेका छन्।

छिमेकी पूर्वी टिमोरमा देखापरेको  सरूवा रोगलाई यहाँ आउन नदिन डार्विन आउने विमानमा सवार मानिस र कार्गो जाँचमा कडाइ गरिएको सम्बन्धित निकायले जनाएको छ।-setopati.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु