दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

निवर्तमान सभामुख कृष्णबहादुर महरा को थुन छेक बहस भोलि हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक १६ गते, शनिबार १६:३८

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी मुद्धामा शुक्रबार बयान सकिएको छ भने आइतबार थुन छेक बहस हुने भएको छ ।
जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलाशमा शुक्रबार महराको अदालती बयान सकिएको र आइतबार थुनछेक बहस हुने तय भएको हो । काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार आज ३ बजेसम्म कार्यलय समय भएपनि ५:३० बजेसम्म बसेर बहस सकिएको र थुनछेक बहसका लागि समय नभएकाले आइतबार हुने जानकारी दिए ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो ।

उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

निर्वातमान सभामुख महरालाई पछिल्लो पटक यही कात्तिक सात गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो जुन हिजो सकिएको थियो ।

संसद् सचिवालयका महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने फैलला हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु