राष्ट्रिय गीत – `आमा´
आगो हुन सबै खोजे को हुने खै पानी
आफ्नै आमा मुर्छा पर्दा हेर्यौ बैरी ठानि
जुन थालमा खाना खायौ त्यही थालमा थुक्यौ
घाउ लाग्दा आमालाई मलहम लाउन चुक्यौ
आमा रुँदा आँसु सम्झ्यौ बलेसिको पानी
आफ्नै आमा मुर्छा पर्दा हेर्यौ बैरी ठानी
तिमी खेल्ने काख उनको भोलि कोहि खेल्ला
कानमा तेल किन राख्छौ सोच यहि वेला
आमा रहे बोलाउलिन भन्दै तिम्लाई नानी
आफ्नै आमा मुर्छा पर्दा हेर्यौ बैरी ठानी
आगो हुन सबै खोजे को हुने खै पानी
आफ्नै आमा मुर्छा पर्दा हेर्यौ बैरी ठानी
बलराम पौडेल पुतलीबजार -१४ स्याङ्जा ।।।