• थाइल्याण्ड पुगेको नेपाली राष्ट्रिय महिला भलिबल टिम आज स्वदेश फर्कदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १४:१८

    काठमाडौं / वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली राष्ट्रिय महिला भलिबल टिम आज (सोमबार) स्वदेश फर्कदै छन् ।

    झन्डै एक महिना थाइल्याण्डमा रहेको नेपाली टिम साँझ ७ः३० बजे नेपाल आईपुग्ने जनाएको छ।

    नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएका थिए ।

    नेपालले बैंककमा थाइल्याण्डको राष्ट्रिय टिम, जापानको उमेर समूह, युनिभर्सिटी लगायतका विभिन्न टिमसँग ७ मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले ४ जित र ३ हार व्यहोरेको थियो ।
    अब नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु