दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो छ ४९ जना घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक १८ गते, सोमबार १५:०३

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ भने ४९ जना घाइते भएका छन् । मृत्यु हुनेमा महिला र बालबालिका धेरै रहेका छन् । बालबालिका ९ जना, महिला ७ जना तथा एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएस्पी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लैँजादै गर्दा एकजनाको बाटोमा मृत्यु भएको थियो भने अन्य २ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुने मध्ये दोलखा भिमेश्वर ९ की रञ्जिता केसी, शैलुङ्गेश्वरी गाउँपालिका ३ की ३ महिने शिशु सिसन तामाङ, शैलुङ्गेश्वरी ५ की रत्नकुमारी राउत, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ४ की चमेली श्रेष्ठ र साइरानी श्रेष्ठको पहिचान खुलेको छ । शैलुङ्गेश्वरी ५ की चेतकुमारी बस्नेत र शैलुङ्गेश्वरी ४ की सलिना तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु