जीवन शर्मा ।
रोजगारीको खोजीमा मरुभुमीको छाती दोहा कतार पुगेका कृष्ण गौतम “क्रिस” बैदेशिक यात्रा संगसगै थुपै्र म्यूजिक भिडियोमा अभिनय दिएका छन् । रोजगारीका सिलसिलामा गएका युवा युवती हरुले आफ्नो कामको ब्यस्तता बाट समय निकाली आफ्नो कलाकारिता देखाउदै सांगितीक क्षेत्रमा रुचि देखाएका छन् ।
मोडल क्रिसले “आकासको जुन”मा अभिनय दिएका छन् । भर्खरै मात्र यसै क्षेत्रमा लागेका क्रिस करिब ५ ओटा नेपाली गीतहरुमा आफ्नो कलाकारिता देखाई सकेका छन् । यसै क्रममा नयाँ गीत “आकासको जुन” यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् । अबको समय स्वदेशमै रहेर कलाकारीता क्षेत्रमा रमाउने कृष्ण गौतम “क्रिस” को भनाई छ ।
भिडियो हेर्नुहोस्: