काठमाडौँ – धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाईरस’को प्रर्दशन मिती सार्वजनिक भएको छ । सिताराम कट्टेल र कुन्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्रको केही दिन अघि मात्रै छायांकन सकिएको हो ।
चलचित्रको फर्स्ट लुक पोस्टर समेत सार्वजनिक गरिएको छ जहाँ सिताराम कट्टेल फिचर्ड छन् । चलचित्रमा सिताराम र कुन्जना सँगै दयाहाङ राई, बुद्धी तामाङ, राजाराम पौडेल, विल्सन विक्रम राई, कमलमणी नेपाल लगायतको अभिनय छ ।
कुमार कट्टेल र दिपक आचार्यको लेखन रहेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन र शैलेन्द्र डी कार्कीको छायांकन छ ।