चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

साधना लघुवित्त’ को नाफामा ५१३ प्रतिशतले बृद्धी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक १९, मंगलवार ११:३२

‘ काठमाण्डौ । गोरखा जिल्लाको गोरखा न. पा. मा केन्द्रीय कार्यालय भई २०७४ मंसिर ३ गते बाट आर्थिक कारोबार संचालन गरेको साधना लघुवित्त वित्तीय संस्थाले प्रथम त्रैमासिक प्रगती विवरण आज सार्वजनिक गरेको छ। जस अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७६ लाख ६३ हजार खुद मुनाफा आर्जन गरेको छ जब कि यो लघुवित्तकोे अघिल्लो वर्षको यही अवधिमा १४ लाख ९३ हजार मात्रै खुद नाफा रहेको थियो । जुन अघिल्लो बर्षको तुलनामा ५१३ प्रतिशतले बृद्धी भएको छ । समिक्षा अवधिमा अन्य लघुवित्त नपुगेको क्षेत्रमा शाखा संजाल आक्रमक रुपमा बिस्तार गरेको लघुवित्तले गत अषाढ ३० गते बाट आर्थिक समृद्धी लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोबार संचालन गरी ब्यबसाय बिस्तारमा पनी उत्कृष्ट प्रगती प्राप्त गरेकै कारण खुद ब्याज आम्दानी रु २ करोड ४६ लाख २ हजार पु–याएको छ भने अघिल्लो बर्षको यही अवधिमा ६६ लाख ३१ हजारमा सीमित रहेको थियो यसै गरी समिक्षा अवधिमा ३२ करोड ५९ लाख बचत संकलन गरी १ अर्ब ४ करोड १६ लाख सापटी लिएर १ अर्ब ३६ करोड १९ लाख कर्जा परिचालन गरेको छ भने अघिल्लो बर्षको यही अवधिमा ८ करोड ५६ लाख बचत संकलन गरी ४४ करोड ७२ लाख सापटी लिई ५० करोड ७४ लाख कर्जा परिचालन गरेको थियो । यसै गरी वित्तीय संस्थाको अघिल्लो आर्थिक बर्षमा २३ लाख ९० हजार मात्र रहेको रिर्जब समिक्षा अवधिमा ३ करोड ४१ लाख पुगेको छ । अघिल्लो आ.व.को यही अव्धीमा कुल ४ करोड ९० लाख चुक्ता पुंजी रहेकोमा यस आ.व.मा चुक्ता पुंजी १४ करोड ६० लाख भएको छ । त्यस्तै समिक्षा अवधिमा कस्ट अफ फण्ड ९.६२ प्रतिशत रहेको छ भने तरलता अनुपात १३.२१ प्रतिशत, प्रति शेयर आम्दानी २०.९८ (बार्षिक) रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु