बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ, परिस्थिति आफ्ना लागि भने प्रतिकूल रहनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारोमा पार्न सक्छ। काम बिग्रने डरले सताइरहनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बुद्धिको उपयोगले लाभ हुनेछ। (नेपाली पात्रो)