एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

मन्त्री भट्टराईले तत्काल कदम चालेको भन्दै ई. कँडेलद्धारा प्रशंसा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २० गते, बुधबार १७:३२

काठमाडौं, २० कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले चाँडोभन्दा चाँडो त्रिभुवन विमानस्थलमा आगमन र प्रस्थान दुवैतर्फ ड्युटी–फ्री सुविधा सञ्चालनमा ल्याउने तयारीमा जुटेका छन् । यसअघि उक्त विमानस्थलमा एकतर्फीमात्रै (प्रस्थानतर्फ) मात्रै रहेकोमा अब दुवैतर्फ गर्ने सरकारको योजना छ ।

पब्लिक ईनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले केही दिनअघिमात्रै पत्रकार सम्मेलन गरेर विमानस्थलमा एकतर्फीमात्रै ड्युटी–फ्री सुविधा रहेको तर नेपाल वायु सेवा निगमले दुवै तर्फ उक्त सुविधा रहेको भनेर झुठो सूचना आधिकारिक वेबसाईटमा राखेकोबारे आपत्ति जनाएका थिए । उनले, तत्काल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई बर्खास्ती गर्नुपर्ने समेत माग गरेका थिए ।

कँडेलको यस्तो माग बाहिरिएपछि मन्त्री भट्टराईले विमानस्थलमा आगमन र प्रस्थान् दुवैतर्फ उक्त सुविधा राख्ने प्रक्रियासमेत थालिसकेका छन् । अ अफिस अफ दिपेन्द्र कँडेलले मन्त्रालयले त्रिभुवन विमानस्थलमा आगमनतर्फ पनि सुविधा थप्न लागेकोमा खुशी व्यक्त गरेको छ ।

कँडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हामी माननीय मन्त्री योगेश भट्टराईलाई धन्यवाद दिन चाहन्छौं । उहाँले हाम्रो चासोअनुसार विमानस्थलमा आगमनतर्फ पनि ड्युटी–फ्रीको सुविधा प्रदान गर्नको लागि आकस्मिक कदम चाल्न लाग्नुभएको सुन्न पाउँदा हामी निकै खुशी छौं । र, मन्त्रीको यो कदमले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनको लागि पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु