नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिक

विदेशमा नक्कली नेपाली पासपोर्ट (एमआरपी) बन्ने गरेको तथ्य फेला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २१, बिहीबार ०८:५१

काठमाडौं – विदेशमा नक्कली नेपाली पासपोर्ट (एमआरपी) बन्ने गरेको तथ्य फेला परेको छ । मलेसियामा नक्कली पासपोर्ट बनाएर नेपालीलाई बेच्ने गरेको खुलेको हो । मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली एमआरपीबारे राहदानी विभागले छानबिन गरेको छ। ‘अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो । तर राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन्’, अध्यागमन विभागले भनेको छ।

गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ । बुकका पृष्ठ उस्तै छन्। तर सिलाई नक्कली छ। रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौं आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन् ।

उनीहरूले बोकेको पासपोर्ट नक्कली आशंका गरिए पनि मेसिनले रिड गरेको थियो। विमानस्थल कार्यालयले अध्यागमन विभाग तथा राहदानी विभाग पठाई परीक्षण गराउँदा नक्कली ठहर भएको थियो । पक्राउ परेका दुवैले मलेसियामा चार हजार रिंगेट (करिब एक लाख रुपैयाँ) तिरेर राहदानी किनेको बयान दिएका छन्।
‘दलालले पासपोर्ट किनेर फर्कंदा सहज हुने सुझाएपछि घरबाट रकम मगाएर पैसा खर्चेर घर फर्कन पासपोर्ट किनेको बयान उनीहरूले दिएका छन्’, राहदानी विभागका महानिर्देशक ईश्वरीराज पौडेलले भने ।

‘हामीले राहदानी विभागमा पठाएका छौं । पक्राउ परेका व्यक्ति हिरासतमा छन्’, उनले भने, ‘राहदानी विभागबाट जानकारी आएपछि अन्य कारबाही अघि बढ्छ। उनीहरूलाई एक साताको थुना अनुमति लिएर हिरासतमा राखिएको छ।’ एमआरपीमा वर्ष परिवर्तन गरी फोटो फरक गर्ने घटना हुन थालेपछि अध्यागमन अधिकारी चनाखो बन्दा पक्राउ पर्ने क्रम बढेको उनले बताए।
आजको अन्नपूर्णपोष्टमा यो खबर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु