• नेपाल पर्यटन बोर्डको नयाँ सिइओ छनोटका लागि पौडेलको संयोजकत्वमा छनोट समिति गठन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार १३:२१

    काठमाडौं, २१ कात्तिक । नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । नयाँ सिइओ छनोटका लागि पर्यटन बोर्डका सञ्चालक समिति सदस्य विप्लब पौडेलको संयोजकत्वमा कृष्णबहादुर महरा र पर्यटन मन्त्रालयका सहसचिव सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरिएको छ ।

    पर्यटन सचिवसमेत रहनुभएका पर्यटन बोर्डका सञ्चालक समिति अध्यक्ष केदारबहादुर अधिकारीले अघिल्लो हप्ता उक्त छनोट समिति गठन गरेको बोर्डका एक सदस्यले शिखरपोष्टलाई जानकारी दिनुभयो ।

    वर्तमान सिइओ दिपकराज जोशीको कार्यकाल पुसमा सकिदैछ । नयाँ सिइओ छनोट प्रक्रिया अघि बढाइएसँगै प्रतिस्पर्धीहरुको बारेमा चर्चा सुरु भएको छ ।

    २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२०को सम्मुखमै नयाँ सिइओ छनोट प्रक्रिया अघि बढेकाले यसलाई चासोका साथ हेरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु