उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

कालापानी र लिपुलेकबारे सरकारले निकालेको विज्ञप्ती अमान्य, भारतले बुझ्नेगरि अंग्रेजीमा सार्वजनिक गर्नुपर्छ : ई. कँडेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २१ गते, बिहीबार १४:३८

काठमाडौं, २१ कात्तिक । पब्लिक ईनोभेटर ई. दिपेन्द्र कँडेलले लिपुलेक र कालापानीबारे नेपाल सरकारले निकालेको विज्ञप्ती अधुरो र अपुरो भएको भन्दै आलोचना गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले नेपाल सरकारले सिमाजस्तो संवेदनशील विषयमा पनि नेपाल सरकार हल्का रुपमा प्रस्तुत भएको गुनासो पोखे । उनले भने,‘नेपाल सरकारले हिजो साँझ निकालेको विज्ञप्ती नेपाली जनतालाई झारा टार्न खोजिएको छ, यो अमान्य हो । भारतले बुझ्नेगरि अंग्रेजीमा विज्ञप्ती निकाल्नुपर्छ ।’

उनले सरकारमात्रै नभएर सरकारी अधिकारी, राजनीतिक दलका नेताहरु, मन्त्री, पूर्वमन्त्री, नागरिक समाजका अगुवा, सिमाविद जोसुकैले पनि यसबारेमा बोल्दा भारत सरकारले बुझ्ने भाषामा बोल्नुपर्ने सुझाए । उनले भने,‘नेपाली जनताको मन जित्नको लागि मात्रै खोक्रो राष्ट्रवादी बन्न आफ्नो फेशबुक र ट्विटरमा लेखेर वा भाषण गरेर हुँदैन् । सिधै भारत सरकारलाई मेन्शन गरेर अंग्रेजीमा बोल्नुपर्छ ।’

कँडेलले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र कांग्रेस नेता गगन थापाको नामै लिएर उनीहरुको अभिव्यक्ति भारतसामू निरीह रहेको र नेपाली जनताको अगाडिमात्रै नायक बन्न खोजेको आफूले पाएको टिप्पणी गरे । उनले भने,‘बाबुरामजी र गगनजीले बरु नेपालीभन्दा संस्कृत भाषामै विरोध जनाएको भए राम्रो हुन्थ्यो ।’ उनले नेपाल सरकारको कदम र प्रेस वक्तव्य कुरेर बस्नुभन्दापनि प्रत्येक सच्चा राष्ट्रवादी र देशभक्त नेपालीहरुले सिधै भारत सरकारको विरुद्धमा आफ्नो अभिव्यक्ति दिन सक्नुपर्ने पनि धारणा राखे ।

कँडेलले थपे,‘कोही पनि नेताहरुले अब सरकारको निर्णय र कदम कुरेर बस्नुभएन । सरकारले यसो गर्नुपर्यो, उसो गर्नुपर्यो भनेर भन्नुहुँदैन् । रविन्द्र मिश्रजीको साझा पार्टीले पनि सरकारको धारणा र कदम कुर्नुभएन । उसो त, कांग्रेसपनि हिजो सरकारमा थियो । बाबुरामजी प्रधानमन्त्री बन्नुभएकै थियो । त्यतिवेला पनि यो समस्या थियो । घट्ना हाम्रो लागि नौलो थिएन । भारतले नक्शा पो आज सार्वजनिक गर्यो । तर, १९६२ देखि लिपुलेकमा आफ्नो सेना राखिरहेको छ । भारतीय सेना हटाउनेबारे त्यतिवेलाका सरकारले किन बोलेनन् । म प्रश्न गर्न चाहन्छु ।’

त्यस्तै, कँडेलले भारतको पछिल्लो कदम केपी शर्मा ओलीको सरकार ढाल्ने षड्यन्त्रको रुपमा पनि आफूले लिएको उल्लेख गरे । उनले भने,‘अन्तर्राष्ट्रिय शक्तिहरुले अहिले ओली सरकार ढाल्नको लागि षड्यन्त्र गरेको गन्ध मैले पाएको छु, सम्माननीय प्रधानमन्त्री ओलीज्यूले नाकावन्दीको बेला देखाएको राष्ट्रिय नायकत्वको भूमिका फेरि देखाउने बेला भएको छ । अब जनताको साथ लिनुपर्छ । यसको लागि उहाँ सडकमा आउनुपर्छ ।’

कँडेलले भारतले नेपालको सार्वभौमसत्तामाथि धावा बोलेको भन्दै उक्त कदम आफूलाई कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिए । उनले भने,‘भारतको पछिल्लो कदमबारे म निकै दुःखी छु । लिपुलेक र कालापानीबारे सदियौंदेखि विवाद रहँदै आएको छ भन्ने कुरा साँचो हो । तर, यो विवाद द्धिपक्षीय कुटनीतिक माध्यमबाट हल गरिनुपर्छ ।’ कँडेलले आफ्नो अभिव्यक्ति अंग्रेजीमा एक विज्ञप्ती प्रकाशन गर्दै सार्वजनिक गरेका हुन् । समचार तस्बिर रिपोर्टस क्लबबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु