काठमाडौं–कारोबार साता को अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.०५ अंकले घटेर १ हजार १ सय ३१.९७ अंकमा कायम भएको छ।
बिहीबार कारोबार रकममा भने सुधार देखिएको छ। १ सय ६३ कम्पनीको १२ लाख ९६ हजार ८ सय कित्ता सेयर ५ हजार ४८ पटक किनबेच हुँदा ३७ करोड ४१ लाख ५० हजार ५ सय रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम साताकै सबैभन्दा बढी हो।
बिहीबार व्यापार समूह, निर्जीवन बिमा समूह र म्युचुअल फन्ड समूहको उपसूचक क्रमशः १९, १२.१४, र 0.४ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४० .१२ अंकले घटेको नेप्सेले जनाएको छ।
कारोबार रकमका आधारमा बिहीबार एनएमबी बैंक अग्रस्थानमा देखिएको छ। एनएमबी बैंकको सबैभन्दा धेरै ११ करोड २६ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै प्रभु बैंक लिमिटेडको ५ करोड ६५ लाख १२ हजार रुपैयाँ र नेपाल बैंक लिमिटेडको २ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सबैभन्दा धेरै कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले प्रतिकित्ता ९.९६ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा रिडि जलविद्युत विकास कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५.१९ प्रतिशतका दरले गुमाएका छन्।