प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

नेपालको भूभाग फिर्ता गराउन कुटनीतिक कौशल देखाउनुपर्छ : अध्यक्ष जबरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २२, शुक्रबार १८:०१

काठमाडौं, २२ कात्तिक । राष्टिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक र कालापानी नेपालकै भूभाग रहेकोले यो नेपालमा रहनुपर्ने बताएका छन् । उनले भने,‘यो समस्याको जटिलता बुझ्न ईतिहासमा जानुपर्छ । १९६२ देखि हिन्तुस्तान र चीनबीच लडाई हुँदा यो समस्या भएको थियो । म १९६५ मा नेपाल फर्किएँ । त्यतिवेला के भएको हो भनेर म एकिनका साथ भन्न सक्दिन् ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले अहिलेसम् मबनेका नेपालका कुनैपनि सरकारले यसबारेमा समाधानको लागि यथेष्ट पहल गर्न नसकेको गुनासो पोखे । उनले भने,‘पञ्चायत, बहुदलदेखि अहिलेसम्म आईपुग्दा कहिल्यैपनि ठोस कदम लिएको देखिएन । सरकारले विषयको उठान गरेर बैठानमा पुरयाउन सकेको छैन् । अहिले भारतले आफ्नो म्याप प्रकाशन गरेपछि यो कुरा उठ्न थालेको छ । हाम्रो सरकारले कुटनीतिक कौशल देखाउन सक्नुपर्छ । यो साधारण तरिकाले हुँदैन् । सरकारले खोजे हामीले सल्लाह दिनुपर्छ ।’

नेपालको आफ्नो भू–भाग फिर्ता गराउनको लागि सरकारले कुटनीतिक कौशल प्रदर्शन गर्नुपर्ने पनि उनको भनाई छ । उनले भने,‘वर्तमान सरकारमा त्यो कौशलता त्यति छजस्तो मलाई लाग्दैन् ।’ त्यस्तै, उनले आफ्नो पार्टीले यही कात्तिक २८ गतेदेखि ७ दिने धार्मिक यात्रा सुरु गर्न लागेको पनि जनाए । उनले भने,‘सिताको जन्मस्थलदेखि बुद्धको जन्मस्थल लुम्बिनीसम्म हामी धार्मिक यात्रा चलाउँछौं । यो मुलुक संवैधानिक रुपमा हिन्दूराष्ट्र हुनुपर्छ । यसको लागि हाम्रो धार्मिक यात्राले जागरण उठाउनु हो ।’

नेपाल हिन्दूराष्ट्र हुँदा सबै धार्मिक स्वतन्त्रता रहेको त्यही परिस्थिति अहिले नेपालमा स्थापित हुनुपर्छ भन्ने आफूहरुको भनाई रहेको उनले सुनाए । उनले भने,‘विदेशी चलखेलको आधारमा अन्तरिम संविधान बनाउँदा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे । अहिलेसम्म यसबारेमा नेपाली जनताले आफ्नो मत व्यक्त गर्ने मौका प्राप्त गरेको छैनन् । नेपाल हिन्दूराष्ट्र थियो । संसारको एक्लो हिन्दूराष्ट्रको रुपमा नेपाल परिचित थियो । अन्तरिम संविधानको बेला नेपाललाई धर्मनिरपेक्षता घोषणा गरेर मौलिक पहिचान मेटाईयो । यो अपराध हो ।’

९४ प्रतिशत ओमकार परिवकारका सबै धर्मालम्बीहरु एक हुनुपर्ने उनको आह्वान छ । उनले भने,‘नेपाल विश्वमै एक्लो हिन्दूराष्ट थियो। एक्लो हिन्दूराष्ट्रको पहिचान पूर्नस्थापित हुनुपर्छ । नेपालले आफ्नो परिचय देखाउनुपर्छ । विश्वमा अहिले एक अर्व ७० करोड हिन्दूधर्मालम्बीहरु छन् । त्यसको आधा प्रतिशतमात्रै नेपाल आए भने नेपालको पर्यटन राम्रो हुन्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु