साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

प्रहरीले बुझायो चोरी भएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार १२:२०

काठमाण्डौं, २३ कार्तिक – महानगरीय प्रहरी वृत्त कमलपोखरीले चेकजाँच को क्रममा फेला परेको मोटर साईकल को धनीको पहिचान गरि जिम्मा लगाएको छ । वृत्तले गत आश्विन २१ गते चावाहिल स्थित मैजुवहालमा पार्किङ गरी राखेको अवस्थामा मोटर साईकल फेला पारि सम्बन्धित धनिलाई बुझाएको हो ।

त्यसैगरि, कार्तिक ०३ गते राती अन्दाजी २१स्३० बजेको समयमा काजिकामनपा ०५ हाडिगाँउ स्थित रमाईलो चोकमा शंकास्पद रुपमा फेला परेको बा ९१ प १५७१ नं को मोटर साइकल पनि वृत्तले सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले शनिवार मोटरसाइकल धनि रोशन कुमार शाहलाई हस्तान्तरण गरे । शाहले आफ्नो हराएको मोटरसाईकल प्रहरीले फेला पारी फोन सम्पर्क गरी बोलाएर दिएकामा खुशी ब्यक्त गरे ।

सवारी साधन नियमित चेकजाँचको क्रममा अनुसन्धान गर्दै जाँदा उक्त बाईक चोरीको भएको पत्ता लागेको थियो । चोरीमा संलग्न व्यक्तिहरु फरार रहेकोले खोजतलास कार्य जारी रहेको वृत्त प्रमुख बिकले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु