आज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठन

कालापानी क्षेत्रको कुटनीति पहलबाट समस्या समाधानका लागि सबै दल एकजुट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २४, आईतवार ०७:३५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले शनिवार कालापानी क्षेत्रको सीमा विवादको विषयमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा सो कुरा बताएका हुुन्। बैठकमा सहभागी दलका शिर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरुले कालापानी क्षेत्रको समस्या समाधानका लागि सरकारले कुटनीति पहलबाट समाधान गर्नेमा आफूहरुको ऐक्यवद्धता रहने जनाएका छन्।

सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताका साथ कुटनीतिक रुपमा सीमाका समस्या समाधान गर्न अग्रसर रहेको प्रधानमन्त्री ओलीले भनेका छन्–सीमा विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्दछ। प्रधानमन्त्री ओली भारतको व्यवहारमा परिवर्तन आएको बताउँदै समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए। हामी समग्र दक्षिण एशियामा समृद्धि, विकास र रुपान्तरण देख्न चाहन्छौं।

त्यसैले यस क्षेत्रका मुलुकहरु यस्ता विवादहरुमा अल्झिनु नहुने प्रधानमन्त्री ओलीको भनाई छ। नेपालले पर्याप्त तथ्य र प्रमाणहरुसहित कालापानी क्षेत्र नेपालको हो भनिसकेपछि विवाद समाधान गर्न भारत तयार हुनुपर्ने प्रधानमन्त्री ओलीले भनेका छन्।

प्रधानमन्त्री ओलीले हालको सीमा विवादको विषयमा कसैलाई उत्ताउला अभिव्यक्ति नदिन पनि निर्देशन दिएका छन्। उत्ताउला अभिव्यक्तिले वातावरण विगार्ने प्रधानमन्त्री ओलीको ठहर रहेको छ। भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य, तथ्याङ राखेर सम्झाउने र आफ्नो नेपाली भूभाग फिर्ता लिन्छौं भनेर प्रधानमन्त्री ओलीले जिकिर गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु