काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहनुहुने किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना दिनुभएको छ ।