काठमाडौँ — कार्तिक २४।
अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ ईपी एजुकेशन अस्ट्रेलियाको प्रस्तुतीमा ग्रेस ईभेन्ट प्रालीले आयोजना गरेको मिस्टर एण्ड मिस ग्रेस प्लस टु को शिर्ष ताज पुरुषतर्फ विनय बिष्ट तथा महिलातर्फ दृष्टी राईले चुमेका छन् ।
काठमाडौंको धुम्बाराहीस्थित एसआर बैँक्वेटमा शनिवार आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले सो ताज पहिरिएका हुन । विधागत तर्फ भने पुरुषतर्फका बिजेता विनयले भिवर्स चोइस, मिस्टर मल्टिमिडिया र मिस्टर फ्रेण्डलीको अवार्ड आफ्नो हातमा पार्दा महिलातर्फकी बिजेता दृष्टीले पब्लिक चोईस अवार्ड, मिस ब्युटिफुल हेयर साथै मिस बेस्ट स्माईलतर्फको अवार्ड समेत हात पारिन ।
उक्त प्रतियोगितामा विवेक खड्का र म्यारी थापा क्रमशः पुरुष र महिलातर्फ फष्ट रनरअप हुन सफल रहे साथै विधागततर्फ विबेकले मस्ट पपुलर र मिस्टर पर्सनालिटिको अवार्ड हात पार्दा म्यारीले बेस्ट ड्रेस, मिस मल्टिमिडिया, मिस फेशन आईकन, मिस डिसिपिलिनको अवार्ड हात पारिन।
त्यस्तै सुजना बस्नेतले सेकेण्ड रनर अपको उपाधीसंगै विधागत तर्फको मिस ग्ल्यामरस लुक्स हात पार्दा लक्ष्मी तामाङले थर्ड रनरअपको उपाधी सहित मिस ट्यालेन्ट र मिस ग्रेस मोडलको अवार्ड जितिन ।
समाजसेवी विश्व श्रेष्ठ, मिस कोस्मोपोलिटेन वर्ल्ड नेपाल,२०१९ की बिजेता प्रिया रानी लामा, मिस्टर ईन्टरनेशनल नेपाल, २०१८ का बिजेता साजिद आलाम, मोडल/अभिनेत्री वर्षा भण्डारी, युथ इन्सपिरेसन अवार्ड,२०१७ बिजेता/बैंकर साश्वत कार्की निर्णायक रहेको प्रतियोगितामा अन्य विधागत तर्फ भने अर्गनाईजर चोईस, मिस फ़्रेण्डली ईनिशा मल्लिक , भ्युवर्स चोईस, मिस साइनिङ स्टार सम्झना शर्मा, मस्ट पपुलर, मिस क्युपिड फोटोजेनिक, मिस कन्फिडेन्ट अनुस्का ससाङ्खर, मिस स्टाईल डिभा बिनी थापा मगर, मिस बबी अलीजा गुरुङ, बेस्ट फिगर शुस्मा राना मगर, मिस क्याटवाक रिया श्रेष्ठ, मिस पङ्चुअल कृपा घिमिरे, मिस ईन्टरटेनर क्यारन पौडेल घोषित भए ।
साथै पब्लिक चोईस, बेस्ट ड्रेस, मिस्टर मस्ट डिसिपिलिन पवन भट्ट, मिस्टर क्युपिड फोटोजेनिक, मिस्टर एथ्लेटिक, मिस्टर बेस्ट स्माईल, मस्ट ईन्टरटैनर आयुष तामाङ, मिस्टर ट्यालेन्ट, मिस्टर पङ्चुअल दिपक लामा घोषित भएका थिए ।
नेपाल स्काउटका को-अर्डिनेटर, हिसानका महासचिव साथै जेभियर ईन्टरनेशनल कलेजका सिईओ लोक बहादुर भण्डारीको प्रमुख आतिथ्यता तथा आतिथ्यता माझ सम्पन्न उक्त प्रतियोगितामा टेकराज पाण्डे, धर्मा पनेरु, अशोक तामाङ, डेभिल सिंह राजपुत, सुपर्भ शाक्य, रिजा भट्ट, उशा सिंह गिरी, सुजित थापा, रुबिष्का श्रेष्ठ, त्रिलोक बिक्रम थापा, नारायण बहादुर थापा, भुषण पोमु् अतिथिको रुपमा रहेका थिए ।
गायक सपन श्रेष्ठ, बिनुप सुनुवार, अस्मिता श्रेष्ठ, बिपना सुनुवार, सन्तोष कुँवर, सुमन तामाङ, प्रिन्स राज, चाहना राना मगरको बेजोड प्रस्तुतीले कार्यक्रमको रौनक अझ बढेको थियो ।
प्रतिस्पर्धामा भाग लिनु पूर्व प्रतियोगीहरुलाई कोरियोग्राफर सुशान्त काजी श्रेष्ठले करिव दुई महिना सम्म तालिम दिई आफ्नै कोरियोग्राफीमा र्याम्पमा उतारेका थिए भने अनिता श्रेष्ठ प्रजापतिले ईभेण्ट ब्यवस्थापकको जिम्मेवारी निभाएका थिए । पवन कोईरालाद्वारा संचालित सो कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी भने ग्रेस ईभेन्टका सिईओ सुरज थापाले गरेका थिए । त्यस्तै कार्यक्रमको अफिसियल फोटोग्राफरमा बिन्द्रा प्रजापति र प्रसन्न मल्लिक रहेका थिए ।
उपाधिसँगै विजेताले विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे । उपाधी विजेताहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि , निर्णायक, आयोजक संस्थाका प्रमुख एवम अतिथिहरुले पुरस्कृत गरेका थिए ।
यस अघि कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि लोक बहादुर भण्डारीले यस्ता सौन्दर्य प्रतियोगिताले प्रतियोगीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने धारणा ब्यक्त गर्दै भोलीका देशका कर्णधारलाई प्रोत्साहन मिल्ने खालका यस्ता कार्यक्रमहरुमा सरिक गराउन अभिभावकहरुलाई आग्रह समेत गरे ।
त्यस्तै, आयोजक संस्थाका अध्यक्ष सुरज थापाले प्रतियोगीहरुको क्षमता र गुणको अभिवृद्धि गरी प्रतिष्पर्धी बनाई मनको सुन्दरतालाई प्रष्फुटन गर्न यस्ता खाले कार्यक्रमले मद्दत गर्ने बताए ।