भ्रमण वर्षलाई लक्षित गर्दै ठमेलमा अनुगमन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार १८:०८

कात्तिक २५, २०७६
काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ठमेल विकास परिषदको नेतृत्वमा ठमेल अनुगमन गरिएको छ ।
‘सुन्दर ठमेल सुरक्षित ठमेल’ बनाउने अभियान अनुसार आइतवार राति अनुगमन गरिएको परिषद्का महासचिव ध्रुव अधिकारीले जानकारी दिएका छन् ।

परिषदका अध्यक्ष प्रकाश राणाको नेतृत्वमा गएको अनुगमन टोलीले ठमेलको रात्री जीवनको अनुगमन गरेको हो ।
टोलीमा अध्यक्ष राणा, उपाध्यक्ष राजु मान डंगोल, महासचिव अधिकारी, स्रोहखुट्टे प्रहरी वृत्तका प्रहरी, दरबारमार्ग प्रहरी वृतका प्रहरीलगायत सहभागीको रहेको थियो ।
अनुगमनपछि टोलीले सडक बालबालिकालाई व्यवस्थापन गरिने जनाएको छ । अनुगमनका क्रममा फुटफाट व्यापार, अव्यवस्थित पार्किङ, तेस्रो लिंगीहहरुको समस्या देखिएकाले परिषदले त्यसको उचित व्यवस्थापन गर्ने महासचिव अधिकारीले जानकारी दिए ।

पर्यटन व्यवसायी अधिकारीले अनुगमन पस्चात ठमेलका पर्यटन व्यवसायी एवम् स्थानीयबासीमा खुशी छाएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु